महिला सेन्ट्रल जोन भलिबल: नेपाल आज किर्गिस्तानसँग खेल्दै

काठमाडौं। बंगलादेशमा भइरहेको एभीसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसीपको दोस्रो खेलमा नेपाल आज किर्गिस्तानसँग खेल्दैछ।

पहिलो खेलमा अफगानिस्तानलाई सहजै पराजित गरेको नेपाल लगातार दोस्रो जित हात पार्ने योजनामा छ।

नेपालले पहिलो पटक महिला भलिबलमा किर्गिस्तानसँग खेल्न लागेको हो।

ढाका मिरपुरस्थित शहीद सुह्रावर्दी ईन्डोर स्टेडियममा नेपाल र किर्गिस्तानबीचको खेल नेपाली समय अनुसार १२:४५ बजे शुरु हुनेछ।

किर्गिस्तान पहिलो खेलमा माल्दिभ्ससँग ३-२ को सेटमा पराजित भएको थियो। त्यसैले पहिलो जितको खोजीमा हुनेछ।

नेपालले भने आफ्नो पहिलो खेलमा अफ्गानिस्तानलाई कुनै पनि सेटमा दोहोरो स्कोर छुन दिएको थिएन।

राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भइरहेको च्याम्पियनसीपमा नेपालले २६ कात्तिकमा बंगलादेश र २७ कात्तिकमा माल्दिभ्ससँग खेल्नेछ।

राउण्ड रोबिन लिगपछि शीर्ष दुईमा रहने टीमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्