काठमाडौं। शाख्तर डोनेस्कले गएराति बासेललाई ४-१ ले हराउँदै युरोपा लिगको सेमिफाइनलमा स्थान बनाएको छ। शाख्तरले अब फाइनल प्रवेशका लागि इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ।
युक्रेनको क्लब शाख्तरका लागि चारै गोल ब्राजिलियन खेलाडीले गरेका थिए। शाख्तरले जुनियर मोरेसको गोलबाट दोस्रो मिनेटमै अग्रता लिएको थियो।
ब्राजिलमा जन्मिएका युक्रेनका फरवार्ड मोरेसको यो जारी सिजन सबैखाले प्रतियोगितामा गरी २५औं गोल हो। उनले गत साता अन्तिम १६ मा उल्फस्बर्गविरुद्ध पनि दुई गोल गरेका थिए।
२२औं मिनेटमा टाइसनले अग्रता दोब्बर बनाए। ७५औं मिनेटमा एलन प्याट्रिकले पेनाल्टीमा तेस्रो गोल गरे। ८८औं मिनेटमा डोडोले अर्को गोल थपे। अन्तिम मिनेटमा रिकी भान उल्फ्सविनकेलले गरेको गोल बासेलका लागि सान्त्वना बन्यो।
" /> काठमाडौं। शाख्तर डोनेस्कले गएराति बासेललाई ४-१ ले हराउँदै युरोपा लिगको सेमिफाइनलमा स्थान बनाएको छ। शाख्तरले अब फाइनल प्रवेशका लागि इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ।युक्रेनको क्लब शाख्तरका लागि चारै गोल ब्राजिलियन खेलाडीले गरेका थिए। शाख्तरले जुनियर मोरेसको गोलबाट दोस्रो मिनेटमै अग्रता लिएको थियो।

">