काठमाडौं। चीनको सांघाईमा २५ कात्तिकदेखि बी एण्ड आर कप यू-१९ गर्ल्स क्रिकेट शुरु हुँदैछ। पहिलो खेलमा नेपाल यू-१९ गर्ल्स टोलीले थाइल्याण्डको यू-१९ गर्ल्स टोलीसँग पहिलो खेल खेल्दैछ।
प्रतियोगिताको लागि नेपाली टोली २२ कात्तिकमा चीन गएको थियो। नेपालले प्रतियोगिताअघि त्यहाँ प्रशिक्षण समेत गरेको थियो।
कुनै समय यू-१९ क्रिकेटमा नेपालको छुट्टै पहिचान थियो। नेपालको महिला टोलीले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न शुरु गर्दा यू-१९ लेभलमा सफलता हात पारेका थिए।
सात वर्षपछि नेपालको यू-१९ महिला टीमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो।
प्रतियोगितामा नेपालसँगै घरेलु टोली चीन, मलेसिया, म्यानमार, थाइल्याण्ड र साउदी अरेबिया गरी कुल ६ टीमले राउण्ड रोविन लिगमा प्रतिस्पर्धा गर्नेछन्।
नेपालले पहिलो खेल आजै थाइल्याण्डसँग खेल्नेछ। खेल नेपाली समयअनुसार ११:४५ बजे शुरु हुनेछ।
लामो समयपछि यू-१९ लेभलमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको नेपाली टोलीका प्रशिक्षक कलाम अलीले टोली तयार रहेको बताए।
"तयारी राम्रो भइरहेको छ, धेरै पछि यू-१९ खेल्दा सबै जना उत्साहित छन्," कलामले भने, "हामीले थाइल्याण्डको खेल त हेर्न पाएका छैनौं तर हाम्रो योजना सिम्पल छ, सकारात्मक भएर खेल्ने।"
प्रशिक्षक कलामले विपक्षीलाई हेरेर भन्दा पनि आफ्नो खेल खेल्ने बताए।
"पहिला आफ्नो बलियो पक्षमा विश्वास गर्ने हो, विपक्षीको बलियो पक्ष दोस्रो कुरा हो," अलीले भने।
नेपाल यू-१९ र थाइल्याण्ड यू-१९ गर्ल्स टोलीबीच पछिल्लो पटक सन् २०१२ मा खेल भएको थियो।

एसीसीको उक्त यू-१९ प्रतियोगितामा नेपालले फाइनलमा थाइल्याण्डलाई पराजित गर्दै उपाधि जितेको थियो।
नेपालले लगातार तेस्रो पटक उपाधि जितेर यू-१९ को उपाधिमा ह्याट्रिक नै गरेको थियो।
यस पटक नेपाली टोलीको नेतृत्व डली भट्टको काँधमा छ। डली आफै अलराउण्डर हुन् भने 'हार्ड हिटर' पनि।
डलीले सिनियर टीमबाट समेत खेलिकसेकी छिन्। डलीसंगै राष्ट्रिय टीममा खेलेकी कविता कुँवर उपकप्तानको भूमिकामा छिन्।
राष्ट्रिय टीमबाट राम्रो प्रदर्शन गरिसकेका खेलाडी हुँदा नेपाली टीमलाई फाइदा पुग्ने प्रशिक्षक अलीको विश्वास छ। "डली र कविता हुँदा अनुभव हुन्छ र म्याच टेम्परमेन्ट हुन्छ,"उनले भने।
सन् २०१२ मा एसीसी यु-१९ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल र थाइल्याण्डको यू-१९ ले पछिल्लो पटक खेलेका थिए। उमेर समूहमा नेपाल थाइल्याण्डसँग पराजित भएको छैन।
तर, पछिल्लो पटक सिनियर टीमको लागि भने थाइल्याण्ड बलियो बन्दै गएको छ।
नयाँ जोशका साथ फेरी नेपाली यू-१९ महिला क्रिकेट अगाडि आएको छ।

राष्ट्रिय टीमको अनुभव भइसकेका तथा काठमाडौंमा केही दिनअघि भएको वुमन्स च्याम्पियन्स लिगमा खेलिसकेका खेलाडीहरु अहिले नेपाल यू-१९ महिला टीममा छन्। त्यसैले पनि टीमले राम्रो गर्ने विश्वास छ।
प्रशिक्षक कलाम अलीले पनि नेपाली टीम राम्रो रहेको बताए। साथै उनले लक्ष्य उपाधि जित्ने रहेको सुनाए।
"आफ्नो टीमलाई हेर्दा यो राम्रो टीम छ। हाम्रो लक्ष्य पहिला राम्रो क्रिकेट खेल्ने अनी च्याम्पियन बन्ने हो," नेपाली राष्ट्रिय टीमका पूर्व खेलाडीसमेत रहेका अलीले भने।
प्रतियोगिता अन्तर्गत १२ नोभेम्बरमा नेपालले एकै दिन दुई खेल खेल्नेछ। त्यस दिन नेपालले साउदी अरब र चीनसँग खेल्नेछ। यस्तै चौथो खेल १४ नोभेम्बरमा मलेसियासँग तथा अन्तिम खेल १५ नोभेम्बरमा म्यानमारसँग खेल्नेछ।