कोरोनाको जोखिम बढेपछि कराते खेलाडीको ओलम्पिक तयारी रोकियो
<p>काठमाडाैं। विश्वभर फैलिरहको कोरोना भाइरसको महामारी काठमाडौंमा पनि पछिल्लो समय झन् भयाभह हुन थालेपछि करातेको प्रशिक्षण तत्काललाई रोकिएको छ। </p>
<p>केहि दिन अगाडिमात्र खेलक्षेत्रका व्यक्तिमा पनि संक्रमण देखिएको थियो। जसका कारणा केहि समय हामी खेलक्षेत्र मात्र नभई सबै नागरिक सचेत रहनुपर्ने अवस्थाले गर्दा र नेपाल सरकारको निर्देशनसमेत पालना गर्दै सातदोबाटो कराते एकेडेमीमा भइरहेको प्रशिक्षण रोकिएको छ।</p>
<p>टोक्यो ओलम्पिक तयारीमा रहेका कराते खेलाडीहरूको प्रशिक्षण केहि दिनको लागि आजबाट बन्द गरिएको प्रशिक्षक दीपक श्रेष्ठले जानकारी दिए। खेलाडीहरू नेपाल सरकारले घोषणा गरेको चैत्र ११ को लकडाउन भन्दा अगाडी देखि प्रशिक्षणमा थिए।</p>
<p>त्यसपछि असार ७ बाट सम्बन्धित सबैलाई जानकारी गराएर मौखिक स्वीकृति लिई प्रशिक्षण सुरु गरिएको थियो। तर, पछिल्ला दिनहरूमा संक्रमणको उच्च जोखिम देखिएकाले प्रशिक्षण रोकिएको उनले बताए।</p>
प्रतिक्रिया दिनुहोस्
