काठमाडौं। थपिएको समयमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले गएरातl कोपेनहेगनलाई १-० ले पराजित गरेको छ। जितसँगै युनाइटेडले युरोपा लिगको अन्तिम चारमा स्थान बनाएको छ।
इङ्लिस प्रिमियर लिगको क्लब युनाइटेडले शुरूबाट नै खेल नियन्त्रणमा राखे पनि गोल गर्न सकेको थिएन। निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा रोकिएपछि खेल थप समयमा लम्बिएको थियो।
९५औं मिनेटमा आन्द्रेस बेलान्डले एन्थोनी मार्सियाललाई फाउल गरेपछि युनाइटेडले पेनाल्टी अवसर पाएको थियो। उक्त अवसरलाई फर्नान्डेजले गोलमा परिवर्तन गरेका थिए। त्यही गोल युनाइटेडलाई अन्तिम आठमा पुर्याउन पर्याप्त भयो।
कोपेनहेगेनका गोलकिपर कार्ल-जोन जोनसनले उत्कृष्ट बचाउ गरेपछि युनाइटेडलाई गोलका लागि ९५ मिनेटसम्म कुर्नु परेको थियो।
युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले पनि जोनसनको खुलेर प्रशंसा गरे। सोल्सायरले भने, ‘‘उनीहरूको गोलकिपरले जीवनकै उत्कृष्ट प्रदर्शन गरे। नकआउट खेलमा हामीले अझै धेरै सुधार गर्नुपर्छ।’’
युनाइटेडले विपक्षी पोष्टमा १४ वटा प्रहार गरेको थियो। निर्धारित समयमा मासन ग्रिनउड र फर्नान्डेजले दुई राम्रो अवसर खेर फलेका थिए। ग्रिनउडले पहिलो हाफको अन्तिम मिनेटमा गरेको गोललाई भिडियो सहायक रेफ्रीले अफसाइड घोषित गरिदिएको थियो।
युनाइटेडले अब पाँच पटकको युरोपा लिग विजेता सेभिया र प्रिमियर लिगको क्लब उल्भरह्यम्पटनबीचको विजेतासँग खेल्नेछ।
जारी युनाइटेडले सेमिफाइनलमा स्थानमा बनाएको यो तेस्रो प्रतियोगिता हो। यसअघि युनाइटेड लिग कपमा म्यानचेस्टर युनाइटेड र एफए कपमा चेल्सीसँग पराजित भएको थियो।
" /> काठमाडौं। थपिएको समयमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले गएरातl कोपेनहेगनलाई १-० ले पराजित गरेको छ। जितसँगै युनाइटेडले युरोपा लिगको अन्तिम चारमा स्थान बनाएको छ।इङ्लिस प्रिमियर लिगको क्लब युनाइटेडले शुरूबाट नै खेल नियन्त्रणमा राखे पनि गोल गर्न सकेको थिएन। निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा रोकिएपछि खेल थप समयमा लम्बिएको थियो।

">