क्यान निर्वाचन १०–११ असोजमा, अक्टोबरमा निलम्बन फुकुवा हुने संकेत
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन असोज दोस्रो हप्ताको लागि सरेको छ ।

अन्तर्राष्ट्रिय  क्रिकेट परिषद् (आईसीसी)ले बनाएको स्वतन्त्र समितिले जिल्ला र प्रदेशको निर्वाचन सकाएपछि ३–४ असोजका लागि केन्द्रको निर्वाचन मिति तोकेको थियो।

त्यसका लागि सात दिनको सूचनासमेत निकालेको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो स्वीकृति नलिई मिति तय गरेको, २१ दिनको सूचना ननिकालेको भन्दै निर्वाचनलाई मान्यता नदिने धारणा सार्वजनिक गरेपछि निर्वाचन अन्योल बनेको थियो ।

जसले गर्दा आगामी अक्टोबरमा क्यान निलम्बन फुकुवा हुने सम्भावनामा समेत असर पुगेको थियो ।

तर, ३० भदौमा आईसीसीका प्रतिनिधि, राखेपका सदस्य सचिव र स्वतन्त्र समितिको प्रतिनिधिसहित बसेको त्रिपक्षीय बैठकले निर्वाचनको नयाँ मिति तोकेको हो।

आईसीसीबाट आएका इमरान ख्वाजा र आमिर शेखसँग करिब दुई घण्टाको बैठक सकारात्मक बनेको र दीर्घकालीन रुपमा नेपाली क्रिकेट विकासका लागि छलफल भएको सदस्य सचिव रमेश सिलवालले बताए ।

सिलवालले भने– “आगामी दिनमा नेपाली क्रिकेट विकासको लागि आईसीसीको भूमिका, राखेपको सहयोग लगायतका विषयमा पनि छलफल भएको छ । ”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्