काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) को आसन्न संस्करण यसपालि संयुक्त अरब इमिरेट्स (यूएई)मा गर्न भारत सरकारले औपचारिक स्वीकृति दिएको भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले जनाएको छ।
बोर्डअन्तर्गत आईपीएलका प्रमूख बृजेश पटेलले सरकारबाट औपचारिकरूपमै स्वीकृति प्राप्त भएको आज जानकारी गराएका छन्।
भारत सरकारले अघिल्लो साता यूएईमा यसपालिको आईपीएल आयोजना गर्न सैद्धान्तिक सहमति दिएको थियो।
कोरोना भाइरसको महामारीले भारतमा डरलाग्दो रूप लिएका कारण यसपालिको आईपीएल यूएईमा गर्न लागिएको हो।
सरकारबाट लिखित स्वीकृति प्राप्त भएपछि बीसीसीआईले इमिरेट्स क्रिकेट बोर्डलाई पत्राचार गरिसकेको पटेलले बताए। उनका अनुसार प्रतियोगिताका सहभागी टिमहरूलाई पनि आजै खबर गरिनेछ।
सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म शारजाह, दुबई र अबुधाबीमा हुने प्रतियोगिताका लागि सहभागी टिमहरू यही अगस्ट २० बाट यूएई जान सुरु गर्नेछन्।
" /> काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) को आसन्न संस्करण यसपालि संयुक्त अरब इमिरेट्स (यूएई)मा गर्न भारत सरकारले औपचारिक स्वीकृति दिएको भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले जनाएको छ।बोर्डअन्तर्गत आईपीएलका प्रमूख बृजेश पटेलले सरकारबाट औपचारिकरूपमै स्वीकृति प्राप्त भएको आज जानकारी गराएका छन्।

">