काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को १९औं साधारणसभा स्थगित भएको छ।
कोरोना भाइरसको संक्रमण दर बढेसँगै सरकारले गोष्ठी, भेला, सम्मेलनलगायत भीडभाड हुने कार्यक्रम नगर्न निर्देशन जारी गरेपछि आगामी भदौ १५ गतेका लागि निर्धारण गरिएको साधारणसभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको एन्फाका प्रवक्ता किरण राईले विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।
‘‘कोभिड-१९ को संक्रमणको दर झन बढ्न थालेको, समुदायस्तरमा नै संक्रमणको विस्तार हुन सक्ने उच्च जोखिम देखिएकोले नेपाल सरकारको कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्ने निकायहरूबाट गोष्ठी, भेला, सम्मेलन, आवागमनजस्ता कार्यहरू गर्न निषेध गरेको परिप्रेक्ष्यमा सतर्कता अपनाउनुपर्ने अनिवार्य भएकोले मिति २०७७ भदौ १५ गते निर्धारण गरिएको एन्फाको १९औं साधारणसभा अर्को सूचना जारी नभएसम्मको लागि स्थगन गरिएको छ,’’ एन्फाद्वारा आज विज्ञप्तिमा उल्लेख छ।