काठमाडौं। इटालियन सिरी ‘ए’ क्लब युभेन्टसले शनिबार विश्वकप विजेता आन्द्रे पिर्लोलाई प्रशिक्षकका रूपमा नियुक्त गरेको छ।
युभेन्टसले मुख्य प्रशिक्षक माउरिसियो सारीलाई बर्खास्त गरेको केही घण्टा नबित्दै पिर्लोलाई प्रशिक्षकमा नियुक्त गरेको हो।
युभेन्टसले पिर्लोलाई दुई वर्षका लागि नियुक्त गरेको जनाएको छ।
गत शुक्रबार राति सम्पन्न च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा लियोनलाई पराजित गरे पनि युभेन्टस प्रतियोगिताबाट बाहिरिएको थियो। लगातार नवौं पटक इटालियन सिरी ‘ए’ को उपाधि जितेको युभेन्टसले च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएलगत्तै मुख्य प्रशिक्षक सारीलाई बर्खास्त गरेको थियो।
“फुटबलको दुनियाँमा पिर्लोको करिअरमा नयाँ अध्याय थपिएको छ। जुन एक साताभन्दा अघिबाट शुरू भएको थियो,” पिर्लोबारे युभेन्टसले भनेको छ।
दश दिन अगाडि युभेन्टसले पिर्लोलाई यु-२३ टीमको प्रशिक्षकमा नियुक्त गरेको थियो। तथापि पिर्लोले प्रशिक्षकका रूपमा काम गरेका छैनन्। ४१ वर्षीय पिर्लोले खेल करिअरबाट सन्यास लिएको तीन वर्षपछि युभेन्टसले प्रशिक्षकमा नियुक्त गरेको हो।
पिर्लोे पाँच वर्षअघि युभेन्टस छाडेर न्युयोर्क सिटी एफसीमा अनुबन्ध भएका थिए। इटालीले २००६ विश्वकपको उपाधि जित्दा पिर्लो टीमको महत्त्वपूर्ण सदस्य थिए। उनले ६ पटक इटालियन सिरी ‘ए’ को उपाधि जितेका छन्। ६ मध्ये दुई पटक एसी मिलान र चार पटक युभेन्टसबाट जितेका थिए। उनले मिलानबाट दुई पटक च्याम्पियन्स लिगको उपाधि पनि जितेका थिए।