काठमाडौं। इटालियन सिरी ‘ए’ क्लब युभेन्टसले मुख्य प्रशिक्षक माउसियो सारीलाई बर्खास्त गरेको छ। युभेन्टसले एक वर्ष नबित्दै मुख्य प्रशिक्षक सारीलाई बर्खास्त गरेको हो।
सारीको प्रशिक्षणमा युभेन्टसले इटालियन सिरी ‘ए’ क्लबको उपाधि जितेको थियो। तर, च्याम्पियन्स लिगमा भने युभेन्टस अन्तिम १६ बाट बाहिरिएको थियो।
शुक्रबार राति सम्पन्न खेलमा युभेन्टसले २-१ को नतिजा निकाले पनि अवे गोलका आधरमा लियोनले अन्तिम आठमा स्थान बनाउन सफल भएको थियो।
“मुख्य प्रशिक्षक सारीलाई पदमुक्त गरिएको छ,” युभेन्टसले आफ्नो वेबसाइटमा लेखेको छ, “लगातार नवौं पटक इटालियन सिरी ‘ए’ को उपाधि जिताएर क्लबको इतिहासमा नयाँ अध्याय थप्न भुमिका खेलेकोमा सारीलाई धेरै धन्यवाद।”
६१ वर्षे सारीलाई युभेन्टसले गत वर्ष तीन वर्षका लागि सम्झैता गरेका थियो। त्यसअघि सारी इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीमा थिए।
" /> काठमाडौं। इटालियन सिरी ‘ए’ क्लब युभेन्टसले मुख्य प्रशिक्षक माउसियो सारीलाई बर्खास्त गरेको छ। युभेन्टसले एक वर्ष नबित्दै मुख्य प्रशिक्षक सारीलाई बर्खास्त गरेको हो।सारीको प्रशिक्षणमा युभेन्टसले इटालियन सिरी ‘ए’ क्लबको उपाधि जितेको थियो। तर, च्याम्पियन्स लिगमा भने युभेन्टस अन्तिम १६ बाट बाहिरिएको थियो।

">