काठमाडौं। इङ्ल्यान्डले पाकिस्तानविरुद्धको पहिलो टेष्टमा जितका लागि २७७ रनको लक्ष्य पाएको छ।
म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा पाकिस्तानले दोस्रो इनिङमा १६९ रन बनाउँदा सबै विकेट गुमाएपछि इङ्ल्यान्डले २७७ रनको लक्ष्य पाएको हो।
पाकिस्तानले पहिलो इनिङमा ३२६ रन बनाएको थियो। भ्रमणकारी टीम पाकिस्तानले पहिलो इनिङमा गरेको प्रदर्शन दोस्रो इनिङमा दोहाेर्याउन नसक्दा घरेलु टीमलाई विशाल लक्ष्य प्रस्तुत गर्न सकेन। इङ्ल्यान्डले पहिलो इनिङमा २१९ रन बनाएको थियो।
पाकिस्तानले १३७-८ को स्थितिबाट चौथो दिनको शुरूआत गरेको थियो। चौथो दिन थाल्दा पाकिस्तानका मोहम्मद अब्बास शून्य तथा यासिर शाह १२ रनमा अविजित थिए।
यासिरले ३३ रन बनाए भने अब्बास तीन रनमा अविजित रहे। शाहीन शाह अफ्रिदीले दुई तथा नसीम शाहले चार रन बनाए।
" /> काठमाडौं। इङ्ल्यान्डले पाकिस्तानविरुद्धको पहिलो टेष्टमा जितका लागि २७७ रनको लक्ष्य पाएको छ।म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा पाकिस्तानले दोस्रो इनिङमा १६९ रन बनाउँदा सबै विकेट गुमाएपछि इङ्ल्यान्डले २७७ रनको लक्ष्य पाएको हो।

">