पाकिस्तानविरुद्ध इङ्ल्यान्डको पुनरागमन प्रयास

काठमाडौं। पाकिस्तानविरुद्ध म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा जारी पहिलो टेष्टमा इङ्ल्यान्डले पुनरागमन गर्ने प्रयास गरेको छ।

पाकिस्तानले पहिलो इनिङमा १०७ रनको अग्रता लिएको थियो। तर तेस्रो दिन सकिँदा पाकिस्तान १३७/८ को स्थितिमा छ। पाकिस्तानले २४४ रनको अग्रता लिएको छ।

घरेलु टीम इङ्ल्यान्डले ९२/४ को स्थितिबाट तेस्रो दिन थालेको थियो। ओले पोपे ४६ तथा जोश बट्लर १५ रनको स्थितिमा थिए। पोपेले् ६२ तथा बट्लरले ३८ रन जोडे।

अघिल्लो दिनको स्थितिबाट इङ्ल्यान्डले थप १२७ रन जोड्दा बाँकी छ विकेट गुमायो। पहिलो इनिङमा पाकिस्तानका यासिर शाहले चार विकेट लिए।

मोहम्मद अब्बासल र शाडब खानले समान दुई विकेट लिँदा शाहीन शाह अफ्रिदी र नासीम शाहले १-१ विकेट लिए।

त्यसपछि दोस्रो इनिङ थालेको पाकिस्तानले १३७ रन जोड्दा आठ विकेट गुमाइसकेको छ।

असद सफिकले २९, मोहम्मद रिजवानले २७, अविद अलीले २०, अजहर अलीले १८, शाडबले १५ रन बनाए। मोहम्मद अब्बास शुन्य तथा यासिर शाह १२ रनमा अविजित छन्।

इङ्ल्यान्डका स्टुवार्ट ब्रोड, क्रिस वक्स र वेन स्टोक्सले समान दुई विकेट लिए। डम बेसको नाममा एक विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस्