म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा, रियाल बाहिरियो

काठमाडौं। गएराति भएको अन्तिम-१६ अन्तर्गत दोस्रो लेगमा रियाल मड्रिडलाई २-१ ले पराजित गर्दै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

रियालको मैदानमा भएको पहिलो लेगमा २-१ कै अग्रता लिएको सिटीले गएराति पनि सोही नतिजा दोहोर्‍याउँदै अन्तिम ८ मा स्थान सुरक्षित गर्‍यो।

रियालका रक्षक राफेल भरानेको गल्तिको फाइदा उठाउँदै खेलको नवौं मिनेट रहिम स्टर्लिङले सिटीका लागि पहिलो गोल गरेका थिए।

रियालका करिम बेन्जिमाले २८ औं मिनेटमा गोल गर्दै टोलीलाई बराबरीमा ल्याएका थिए। तर, ६८औं मिनेटमा सिटीका गाब्रियल जिजसले २-१ को अग्रता बनाएका थिए।

सोही अग्रताको उत्कृष्ट बचाउ गर्दै म्यानचेस्टर सिटी समग्रमा ४-२ को जितसहित अन्तिम ८ मा पुगेको छ। सेमिफाइनलमा स्थान बनाउन सिटीले लियोनसँग खेल्ने छ।

प्रतिक्रिया दिनुहोस्