रोनाल्डोको युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियो
काठमाडौं। क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा च्याम्पियन्स लिगको अन्तिम दोस्रो लेगअन्तर्गत लियोनलाई २-१ ले पराजित गरेको युभेन्टस अवे गोलका कारण प्रतियोगिताबाट बाहिरिएको छ।

लियोनको मैदानमा भएको पहिलो लेगमा १-० ले पराजित भएको युभेन्टसले गएराति २–१ को जित हासिल गरे पनि क्वार्टफाइनलमा पुग्न सकेन। पहिले लेगमा लियोनको मैदानमा गोल गर्न असफल हुनु नै युभेन्टसका लागि दुुर्भाग्य साबित भयो।

दुवै लेगबाट समग्रमा २-२ गोलको बराबरी भए पनि लियोनले युभेन्टसको मैदानमा गोल गरेका कारण क्वार्टरफाइनलमा स्थान बनायो।

शुक्रबार राति भएको खेलको १२औं मिनेटमा लियोना कप्तान मेफिस डिपेले पेनाल्टीमार्फत गोल गरेका थिए। युभेन्टसका लागि ४३औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काएका रोनाल्डोले ६०औं मिनेटमा दोस्रो गोल गरे।

जितसँगै क्वार्टरफाइनलमा पुगेको लियोनले म्यानचेस्टर सिटीसँग  खेल्ने छ।

प्रतिक्रिया दिनुहोस्