पाकिस्तान ब्याडमिन्टन सिरिज: दिपेश र अमिताको जोडी फाइनलमा पराजित
काठमाडौं। नेपाली खेलाडी दिपेश धामी र अमिता गिरीको जोडी पाकिस्तानमा भइरहेको पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्सको फाइनलमा पराजित भएका छन्।
आज भएको फाइनलमा दिपेश र अमिताको जोडी माल्दिभ्सका खेलाडीसँग पराजित हुँदै रजतमा सिमित भएका हुन्।
पाकिस्तान स्पोर्टस् कम्प्लेक्समा भएको फाइनलमा दिपेश र अमिताको जोडी माल्दिभ्सका हुसेन जायन शाहिद र फातिमा रजाकको जोडीसँग २१-१५, २१-१९ को सेटमा पराजित भए।
यो जोडीले सेमिफाइनलमा पाकिस्तानी जोडीलाई पराजित गरेका थिए।
मिक्स डबल्समा पराजित भएका दिपेशले मेन्स डबल्सको फाइनल पनि खेल्दैछन्।
प्रतिक्रिया दिनुहोस्