दुई वर्षपछि अन्तर्राष्ट्रिय भलिबलमा पुनरागमन गर्दै नेपाली महिला टोली

काठमाडौं। एभीसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसीपमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ।

करीब दुई वर्षपछि अन्तर्राष्ट्रिय भलिबल खेल्न लागेको नेपाली भलिबल टोली नयाँ जोशका साथ बंगलादेशी कोर्टमा उत्रदैँछ।

नेपालले पछिल्लो पटक २०१७ मा माल्दिभ्समा भएको फिभ वर्ल्ड च्याम्पियनसीप क्वालिफायर खेलेको थियो।

त्यसयता टीममा पनि धेरै परिवर्तन भईसकेको छ। नियमित कप्तान र उपकप्तानसहित अहिले ६ खेलाडी टीममा छैनन्। जसले गर्दा एकै पटक टीममा ६ नयाँ खेलाडीले स्थान बनाएका छन्।

नयाँ र पुराना खेलाडीको मिश्रण, नयाँ कप्तान साथै आउँदो मंसीरमा नेपालमै हुने १३औँ सागको तयारीको रुपमा हेरिएको सेन्ट्रल जोनमा नेपालसहित पाँच राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्।

नेपाल र माल्दिभ्सबीचको खेल आज दिउँसो नेपाली समयअनुसार १२:४५ बजे शुरु हुनेछ।

२३ कात्तिकमा शुरु भएको च्याम्पियनसीपको पहिलो दिन घरेलु टोली बंगलादेश र माल्दिभ्सले विजयी शुरुवात गरेका छन्।

बंगलादेशले अफगानिस्तानलाई सहजै पराजित गरेको थियो। माल्दिभ्सले कीर्गिस्तानलाई ३-२ को सेटमा पराजित गरेको थियो।

सेन्ट्रल जोनमा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र कीर्गिस्तानले प्रतिस्पर्धा गर्दैछन्।

नेपाली टीम पहिलो पटक अरुणा शाहीको कप्तानीमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ।

कप्तान अरुणासँगै, प्रतिभा माली, सरस्वती चौधरी, रेश्मा भण्डारी, कमला पुन, र उषा विष्ट पहिले पनि राष्ट्रिय टीमबाट खेलिसकेका खेलाडी हुन्।

निरुता ठगुन्ना, पुनम चन्द, लिब्रो सलिना श्रेष्ठ, जानकी भण्डारी, सुनिता खड्का र सोफिया पुनले सेन्ट्रल जोनबाटै अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गर्ने छन्।

पहिलो पटक महिला भलिबलको सेन्ट्रल जोन आयोजना भइरहेको छ। कप्तार प्रशिक्षकले त्यसको उपाधि जित्ने नेपालको लक्ष्य रहेको बताएका छन्।