ला लिगा: मेसीको ह्याट्रिकमा बार्सिलोनाको जित, रियल ४ गोलले विजयी

काठमाडौं। कप्तान लिओनल मेसीले शानदार ह्याट्रिक गरेपछि स्पानिस ला लिगामा बार्सिलोनाले सेल्टा भिगोलाई ४-१ ले पराजित गरेको छ।

यस्तै रियल मड्रिडले पनि आइबरलाई ४-० ले हराएको छ।

घरेलु मैदानमा बार्सिलोनालाई जिताउन मेसीले खेलको २३औँ, ४५औँ र ४८औँ मिनेटमा गोल गरे। सर्जियो बुस्केटले ८५औँ मिनेटमा गोल गरे।

सेल्टाका लागि लुकास ओजालाले ४२औँ मिनेटमा गोल गरेका थिए।

उता रियलको सहज जितमा करिम बेन्जामाले दुई तथा कप्तान सर्गियो रामोस र फेडरिक भलभेर्डले एक-एक गोल गरे।

जितपछि बार्सिलोना र रियलको १२ खेलबाट समान २५ अंक छ। तर, गोल अन्तरमा बार्सिलोना अगाडि रहँदै शीर्ष स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्