बीसीसीआईले आईपीएलको मुख्य प्रायोजकबाट भिभोलाई हटायो, नयाँ टेन्डर आह्वान गर्ने

काठमाडौं। भारतीय क्रिकेट बोर्डले इन्डियन प्रियिमर लिगको मुख्य प्रायोजक चीनियाँ मोबाइल कम्पनी भिभोसँगको सम्झैता रद्द गरेको छ।

भारत र चीनबीच पुर्वी लद्दाखमा सिमा विवाद चर्किएपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो। त्यसकै प्रभावका कारण इन्डियन प्रिमियर लिग २०२० का लागि मुख्य प्रयोजक भिभोसँगको सम्झैता भारतीय क्रिकेट बोर्डले खारेज गरेको हो।

यसअघि भारतमा चीनसँग सम्बन्ध राख्ने ५९ एप्समाथि प्रतिबन्द गरिएको थियो। ‘‘भारतीय क्रिकेट बोर्ड र भिभो मोबाइल इन्डिया प्रालि बीच इन्डियन प्रिमियर लिग २०२० का लागि भएको सम्झैता निलम्बन गर्ने सहमती भएको छ,’’ बीसीसीआईले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

भारतको लोकप्रिय ट्वान्टी-२० क्रिकेट लिगका लागि भिभोले २०१८ मा पाँच वर्षका लागि मुख्य प्रायोजनको सम्झैता गरेको थियो। सीसीआईले अब मुख्य प्रायोजकका लागि टेन्डर आह्वान गर्ने पिटीआईले जनाएको छ।

कोभिड-१९ का कारण २०२० को आइपीएल युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने भएको छ। प्रतियोगिता सेप्टेम्बर १९ बाट हुनेछ।

प्रतिक्रिया दिनुहोस्