प्रिमियर लिग: आर्सनललाई हराउँदै लेस्टर दोस्रो स्थानमा
काठमाडौं। आर्सनललाई २-० ले पराजित गर्दै लेस्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ।

गएराति भएको खेलमा लेस्टरले दुवै गोल दोस्रो हाफमा गरेको हो।

घरेलु मैदानमा लेस्टरका लागि जेमी भार्डीले ६६औँ र जेम्स म्याडिसनले ७५औँ  मिनेटमा गोल गरे।

जितपछि लेस्टरले १२ खेलबाट चेल्सी समान २६ अंक जोडेको हो।

गोल अन्तरमा लेस्टरले चेल्सीलाई पछि पारेको हो।

यस्तै एभरटनले साउथह्याम्पटनलाई २-१ ले पराजित गर्दा टोटनहम शेफिल्डसँग २-१ को बराबरीमा रोकिएको छ।

प्रतिक्रिया दिनुहोस्