पहिलो इङ्ल्यान्डका स्टुवार्ट ब्रोड र जोर्फा आर्चरले समान तीन विकेट लिए भने क्रिस वक्सले दुई तथा एन्डरसन र डम बेसले समान एक-एक विकेट लिए।
त्यसपछि दोस्रो इनिङ थालेको इङ्ल्यान्डले ९२ रन जोड्दा ४ विकेट गुमाइसकेको छ। पाकिस्तान मोहम्मद अब्बासले दुई विकेट लिँदा शाहीन शाह अफ्रिदी र यासिर शाहले समान एक/एक विकेट लिए।
इङ्ल्यान्डका ओली पोपे ४६ तथा जोस बट्लर १५ रनमा अविजित छन्। रोरी बर्नस ४, डम सिबले ८, कप्तान जो रूट १४ तथा अलरान्डर बेन स्टोक्स रनको खाता नखोली पवेलियन फर्किए।

इङ्ल्यान्डविरुद्धको पहिलो टेष्ट पाकिस्तानको पकडमा: Dekhapadhi
इङ्ल्यान्डविरुद्धको पहिलो टेष्ट पाकिस्तानको पकडमा

काठमाडौं। शान मसूदले करियरकै उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि पाकिस्तानले इङ्ल्यान्डविरुद्धको पहिलो टेष्टको दोस्रो दिनको खेल आफ्नो पकडमा राखेको छ।

ओपनर मसूदले १५६ रन बनाएपछि पाकिस्तानले पहिलो इनिङमा सबै विकेट गुमाएर ३२६ रन बनायो। उनले शाडब खानसँग छैटौं विकेटका लागि १०५ रनको साझेदारी गरेका थिए। १९९६ पछि इङ्ल्यान्डमा शतक बनाउने मसूद पहिलो पाकिस्तानी ओपनरसमेत बनेका छन्।

पाकिस्तानले १३९/२ को स्थितिबाट दोस्रो दिनको शुरूआत गरेको थियो। दोस्रो दिन थाल्दा पाकिस्तानका मसूद ४६ तथा बाबर अजम ६९ रनको स्थितिमा थिए।

बाबरले दोस्रो दिन रन जोड्न सकेनन्। उनलाई जेम्स एन्डरसनले जो रूटमार्फत क्याच गरे। बाबर र मासूदले तेस्रो विकेटमा लागि ९६ रनको साझेदारी गरे।

बाबर आउट भएसँगै पाकिस्तानले असद शफिक र मोहम्मद रिजवानलाई पनि चाँडै गुमायो। शफिकले ७ तथा रिजवानले ९ रन जोडे। शाडबले ४५ रन जोेडेर मसूदलाई साथ दिए।

शाडब आउट हुँदा पाकिस्तान २८१–६ को स्थितिमा थियो। त्यसपछि थप ४५ रन जोड्दा भ्रमणकारी टीमले बाँकी सबै विकेट गुमायो।