पाँच पटकको विजेता सेभिया युरोपा लिगको क्वार्टरफाइनलमा
काठमाडौं। पाँच पटकको विजेता सेभिया एएस रोमालाई युरोपा लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
बिहीबार राति घरेलु मैदानमा भएको अन्तिम-१६ अन्तर्गत दोस्रो लेगमा २-० को जित निकाल्दै सेभिया अन्तिम ८ मा प्रवेश गरेको हो।
यसअघि रोमाको मैदानमा भएको पहिलो लेगको खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो।
रियाल मड्रिडबाट लोनमा रहेका रक्षक सर्जियो रेग्विलोनले २२औं मिनेटमा गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए। एभर बनेगाले दिएको लामो पासलाई २ रक्षक बीचबाट छलाएर १८ यार्ड बक्स भित्रबाट उनले गरेको प्रहार गोलमा परिणत भएको थियो।
पहिलो हाफको खेल सकिन १ मिनेट बाँकी रहँदा युसुफ एन-नेस्रीले सेभियाको अग्रता दोब्बर पारे। लुकास ओकाम्पोसले दिएको पासलाई गोलमा परिणत गर्दै युसुफले गरेको गोलसँगै पहिलो हाफमा सेभियाले २-० को अग्रता लियो।
प्रतिक्रिया दिनुहोस्