नेपाली राष्ट्रिय तेक्वान्दो टोलीलाई तीन कांस्यसहित ६ पदक
काठमाडौं। नेपाली तेक्वान्दो टोलीले चीनमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा ६ पदक जितेको छ।

चीनको सिहान शहरमा आयोजना भएको 'द बेल्ट एन्ड रोड चाइना इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसीप' मा नेपालले एक रजत र पाँच कास्य पदक जितेको हो।

नेपालका लागि ज्ञानेन्द्र हमालले रजत पदक जिते। काजल श्रेष्ठ, युनिसा राई, भुपेन श्रेष्ठ, निशा रावल र मनोज मल्लले कांस्य पदक जितेका छन्।

महिलातर्फ काजलले ४६ केजी मुनि, युनिशाले ४९ केजी मुनि र पुरुषतर्फ मनोजले ५४ केजी मुनिको तौल समूहमा पदक जितेका हुन्।

महिलातर्फ निशा रावल ७३ केजी माथिमा चिनका खेलाडीसँग ५-३ ले पराजित हुदै कांस्य पदक जितिन्।

पुरुषतर्फ भुपेन श्रेष्ठ सेमिफाइनलमा चीनका खेलाडीसँग ५-४ ले पराजित हुँदै कांस्य पदक र पुरुषतर्फ ज्ञानेन्द्र हमाल फाईनलमा चीनका खेलाडीसँग ३२-१५ ले पराजित भए।

नेपालमै १५-२५ मंसिरमा आयोजना हुने १३ औं सागको तयारीमा रहेका नेपाली खेलाडीले चीनमा उक्त प्रतियोगितामा सहभागिता जनाएका हुन्।

प्रतिक्रिया दिनुहोस्