ब्यासल युरोपा लिगको क्वार्टरफाइनलमा, फ्रान्कफर्ट बाहिरियो
काठमाडौं। फ्याबियान फ्रेईले ८८औं मिनेटमा निर्णायक गोलसँगै ब्यासल युरोपा लिगको अन्तिम-१६ को दोस्रो लेगमा आइनट्राच्ट फ्रान्कफर्टलाई १-० ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको छ।

पहिलो लेगमा ३-० को अग्रता लिएको ब्यासलले घरेलु मैदानमा थप १ गोलको जित निकाल्दै समग्रमा ४-० को फराकिलो जितसहित अन्तिम ८ मा प्रवेश गरेको हो।

ब्यासलका लागि फ्रेईले फ्रान्कफर्टका गोलकिपरविरुद्ध वान् भर्सेज वान्को अवस्थामा पाएको मौकाको सदुपयोग गर्दै खेलको १ मात्र गोल गरेका थिए।

जितसँगै अन्तिम ८ मा पुगेको ब्यासलले सेमिफाइनल प्रवेशका लागि साख्तार डोनेट्स्कसँग मंगलबार राति खेल्ने छ।

प्रतिक्रिया दिनुहोस्