बायर लेभरकुसेन युरोपा लिगको क्वार्टरफाइनलमा, इन्टरसँगको भेट निश्चित <p>काठमाडौं।&nbsp;मोसा डियाबीको निर्णायक गोल प्रेरित बायर लेभरकुसेन युरोपा लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा रेनजर्सलाई १-० ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको छ।&nbsp;</p> <p>घरेलु मैदानमा बिहीबार राति भएको खेलको ५१औं मिनेटमा डियाबीले गरेको एक मात्र गोल निर्णायक बनेसँगै समग्रमा ४-१ को जितसहित लेभरकुसेन अन्तिम ८ मा प्रवेश गरेको हो।&nbsp;</p> <p>डियाबीले रेनजर्सका गोलकिपरविरुद्ध वान् भर्सेज वान्को अवस्थामा पाएको मौकाको सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए। निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसक्दा नतिजा लेभरकुसेनले आफ्नो पक्षमा पार्&zwj;यो।</p> <p>जितसँगै क्वार्टरफाइनलमा पुगेको अन्तिम चारमा स्थान बनाउन&nbsp;लेभरकुसेनले इटालियन महारथी इन्टर मिलानसँग सोमबार खेल्ने छ।</p>
प्रतिक्रिया दिनुहोस्