वुल्भ्स युरोपा लिगको क्‍वार्टरफाइनलमा
काठमाडौं। राउल गिमिनेजको निर्णायक गोलप्रेरित वुल्भ्स युरोपा लिगको अन्तिम-१६ अन्तर्गत दोस्रो लेगमा ओलम्पियाकसलाई १-० ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

बिहीबार राति वुल्भ्सको घरेलु मैदानमा भएको खेलको दोस्रो लेगको खेलको नवौं मिनेटमा गिमिनेजले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्दा इङ्लिस टोली समग्रमा २-१ को जितसहित अन्तिम ८ मा पुगेको हो।

ओलम्पियाकसका बबी एलैनले १८ यार्ड बक्समा ड्यानियल पोडेन्सलाई ठेलेर लडाएपछि पाएको पेनाल्टीलाई गिमिनेजले गोलमा परिणत गरेका थिए।

ओलम्पियाकसका मोहमद माडीले २८औं मिनेटमा गरेको गोल भिडिओ असिस्टेन्ट रेफ्रीले खारेज गरिदिएका थिए।

पहिलो हाफको सुरुआत मै लिएको अग्रता जोगाउँदै वुल्भ्सले क्वार्टरफाइनलमा स्पेनिस क्लब सेभियासँगको भेट निश्चित गरेको हो। सेमिफाइनल प्रवेशका  लागि यी दुई टोलीबीचको खेल अगस्ट १२ मा हुनेछ।

प्रतिक्रिया दिनुहोस्