फुटबलमा फेयर चान्स पाइँन: बोल्ट
काठमाडौं। कीर्तिमानी धावक उसेन बोल्टले बिहीबार अस्ट्रेलियाको ‘ए’ लिगमा व्यवसायिक फुटबल खेल्नका लागि ‘फेयर चान्स’ नपाएको बताएका छन्।

व्यवसायिक फुटबलर बन्ने बोल्टको योजना सफल हुन सकेको थिएन। ओलम्पिकमा आठ स्वर्ण पदक जितेका बोल्टले २०१८ मा एथलेटिक्सबाट सन्यास लिएपछि सेन्ट्रल कोस्ट मारिनर्सबाट खेल्ने प्रयास गरेका थिए।

त्यतिबेला बोल्टले बाल्यकालदेखी फुटलबर बन्ने सपना पूरा हुने आशा गरेका थिए। सिजन पूर्वको मैत्रीपुर्ण खेलमा दुई गोल गर्दै बोल्टले विश्व फुटबलको ध्यान आफूमा केन्द्रित गरेका थिए।

तर, आयरल्यान्डका एन्डी केओघले बोल्टको फुटबल कौशललाई लिएर चर्को आलोचना गरेका थिए। केओघले बोल्टको ‘टच’ ‘ट्राम्पोलाइन’ जस्तो भएको बताएका थिए।

बोल्टले अस्ट्रेलियाका च्यानल नाइन टेलिभिजनसँग कुरा गर्नेक्रममा भने, “मैले फेयर चान्स पाइँन। मैले जे गर्न चाहन्थे त्यो गर्न पाइँन। तर, मैले धेरै राम्रो गर्न सक्थे।”

१०० र २०० मिटर दौडमा कीर्तिमान कायम गरेका बोल्टले त्यसअघि जर्मनी, दक्षिण अफ्रिका र नर्वेको क्लबबाट पनि खेल्ने प्रयास गरेका थिए।

प्रतिक्रिया दिनुहोस्