प्रिमियर लिग: चेल्सी दाेस्राे स्थानमा उक्लियाे

काठमाडाै‌ं। चेल्सी प्रिमियर लिगकाे दाेस्राे स्थानमा उक्लेकाे छ।

आज भएकाे खेलमा क्रिस्टल प्यालेसलाई २-० ले पराजित गर्दै चेल्सीले म्यानचेष्टर सिटीलाई पछि पारेकाे हाे।

जितपछि चेल्सीकाे १२ खेलबाट २६ अंक छ।

एक खेल कम खेलेकाे सिटीकाे २५ अंक छ।

घरेलु मैदान स्टानफाेर्ड ब्रिजमा भएकाे खेलमा चेल्सीका लागि टाेमी अब्राहमले ५२औं र क्रिस्टयन पुलिसिकले ७९औं मिनेटमा गाेल गरे।

११ खेलबाट ३१ अंक जाेडेकाे लिभरपुल शीर्ष स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्