काठमाडौं। गएराति युरोपा लिगमा अन्तिम १६ को दोस्रो लेगमा एक शून्यले पछि परेको स्थिति उल्टाउँदै म्यानचेस्टर युनाइटेडले लास्कविरुद्ध २-१ को नतिजा निकालेको छ।
यससँगै युनाइटेडले समग्रमा ७-१ को नतिजासहित युरोपा लिगको क्वार्टरफाइनलमा स्थान बनाएको छ।
युनाइटेड अस्ट्रियाको लास्कविरुद्ध पाँच महीनाअघि सम्पन्न पहिलो लेगमा ५-० को नतिजा निकालेको थियो।
गएराति लास्कले ५५औं मिनेटमा फिलिप विएसिन्जरको गोलबाट अग्रता लिएको थियो। त्यसको दुई मिनेट नवित्दै जिसे लिङ्गार्डले जुआन माटाको पासमा बराबरी गोल फर्काए।
माटाकै पासमा खेल सकिन दुई मिनेट बाँकी रहँदा एन्थोनी मार्सियालले अर्को गोल थपेपछि युनाइटेडले २-१ को नतिजा निकालेको हो।
युनाइटेडले अब सेमिफाइनलका लागि डेनमार्कको क्लब एफसी कोपेनहेगनविरुद्ध खेल्नेछ।
यससँगै युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायर र स्टेल सोल्बाकन आमने सामने हुने भएका छन्। दुवैले १९९८ को विश्वकपमा नर्वेबाट सँगै खेलेका थिए।
कोपेनहेगनले इस्तानबुल बासाकसेरलाई समग्रमा ३-१ को नतिजामा हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो। गत १२ मार्चमा सम्पन्न पहिलो लेगमा बासाकसेर १-० ले विजयी भएको थियो।
२००९ को युरोकप विजेता शाख्तर डोनेस्कले गएराति उल्फस्बर्गलाई ३-० ले पराजित गर्दै समग्रमा ५-१ को नतिजासहित क्वार्टरफाइनलमा स्थान बनाएको छ।
क्वार्टरफाइनलपछिका सबै खेलमा दुई वटा लेग हुनेछैन। सबै खेल जर्मनीमा खाली रंगशालामा खेलाइनेछ।
" /> काठमाडौं। गएराति युरोपा लिगमा अन्तिम १६ को दोस्रो लेगमा एक शून्यले पछि परेको स्थिति उल्टाउँदै म्यानचेस्टर युनाइटेडले लास्कविरुद्ध २-१ को नतिजा निकालेको छ।यससँगै युनाइटेडले समग्रमा ७-१ को नतिजासहित युरोपा लिगको क्वार्टरफाइनलमा स्थान बनाएको छ।

">