काठमाडौं। क्रिष्टियन इरिक्सन र रोमेलु लुकाकुको गोलप्रेरित इन्टर मिलानले गएराति गेटाफेलाई २-० हराउँदै युरोपा लिगको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ।

म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर लुकाकुले ३३औं मिनेटमा गरेको गोलबाट इन्टरले अग्रता लिएको थियो। लुकाकुले एलेसान्द्रो बास्टोनीको पासमा गोल गरेका थिए।

७६औं मिनेटमा जार्ज मोलिनाको पेनाल्टी प्रहारले पोष्टका दिशा नलिएपछि गेटाफेले बराबरी गर्ने सुनौलो मौका गुमायो। इन्टरका रक्षक डिएगो गोडिनले पेनाल्टी क्षेत्रमा हातले बल रोकेको भन्दै भिडिओ सहायक रेफ्रीले इन्टरलाई पेनाल्टी अवसर दिएको थयो।

वैकल्पिक खेलाडी इरिक्सनले खेल सकिन सात मिनेट बाँकी रहँदा अर्को गोल थपेपछि इन्टरको क्वार्टरफाइनल यात्रा पक्का भएको थियो।

इन्टरले अब बायर लेभरकुसेन र रेनजरबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। गत मार्चमा सम्पन्न पहिलो लेगमा लेभरकुसेनले ३-१ को अग्रता लिएको छ।

२०१०/११ को सिजनपछि इन्टरले युरोपियन प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाएको यो पहिलो पटक हो। इन्टर इटालियन सिरी ‘ए’ लिगमा पनि दोस्रो स्थानमा रहेको थियो।

" /> काठमाडौं। क्रिष्टियन इरिक्सन र रोमेलु लुकाकुको गोलप्रेरित इन्टर मिलानले गएराति गेटाफेलाई २-० हराउँदै युरोपा लिगको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ।

म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर लुकाकुले ३३औं मिनेटमा गरेको गोलबाट इन्टरले अग्रता लिएको थियो। लुकाकुले एलेसान्द्रो बास्टोनीको पासमा गोल गरेका थिए।

७६औं मिनेटमा जार्ज मोलिनाको पेनाल्टी प्रहारले पोष्टका दिशा नलिएपछि गेटाफेले बराबरी गर्ने सुनौलो मौका गुमायो। इन्टरका रक्षक डिएगो गोडिनले पेनाल्टी क्षेत्रमा हातले बल रोकेको भन्दै भिडिओ सहायक रेफ्रीले इन्टरलाई पेनाल्टी अवसर दिएको थयो।

वैकल्पिक खेलाडी इरिक्सनले खेल सकिन सात मिनेट बाँकी रहँदा अर्को गोल थपेपछि इन्टरको क्वार्टरफाइनल यात्रा पक्का भएको थियो।

इन्टरले अब बायर लेभरकुसेन र रेनजरबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। गत मार्चमा सम्पन्न पहिलो लेगमा लेभरकुसेनले ३-१ को अग्रता लिएको छ।

२०१०/११ को सिजनपछि इन्टरले युरोपियन प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाएको यो पहिलो पटक हो। इन्टर इटालियन सिरी ‘ए’ लिगमा पनि दोस्रो स्थानमा रहेको थियो।

"> इन्टर युरोपा लिगको क्वार्टरफाइनलमा: Dekhapadhi
इन्टर युरोपा लिगको क्वार्टरफाइनलमा
काठमाडौं। क्रिष्टियन इरिक्सन र रोमेलु लुकाकुको गोलप्रेरित इन्टर मिलानले गएराति गेटाफेलाई २-० हराउँदै युरोपा लिगको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ।

म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर लुकाकुले ३३औं मिनेटमा गरेको गोलबाट इन्टरले अग्रता लिएको थियो। लुकाकुले एलेसान्द्रो बास्टोनीको पासमा गोल गरेका थिए।

७६औं मिनेटमा जार्ज मोलिनाको पेनाल्टी प्रहारले पोष्टका दिशा नलिएपछि गेटाफेले बराबरी गर्ने सुनौलो मौका गुमायो। इन्टरका रक्षक डिएगो गोडिनले पेनाल्टी क्षेत्रमा हातले बल रोकेको भन्दै भिडिओ सहायक रेफ्रीले इन्टरलाई पेनाल्टी अवसर दिएको थयो।

वैकल्पिक खेलाडी इरिक्सनले खेल सकिन सात मिनेट बाँकी रहँदा अर्को गोल थपेपछि इन्टरको क्वार्टरफाइनल यात्रा पक्का भएको थियो।

इन्टरले अब बायर लेभरकुसेन र रेनजरबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। गत मार्चमा सम्पन्न पहिलो लेगमा लेभरकुसेनले ३-१ को अग्रता लिएको छ।

२०१०/११ को सिजनपछि इन्टरले युरोपियन प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाएको यो पहिलो पटक हो। इन्टर इटालियन सिरी ‘ए’ लिगमा पनि दोस्रो स्थानमा रहेको थियो।

प्रतिक्रिया दिनुहोस्