म्यानचेस्टर सिटीविरुद्धको टोलीमा परेनन् बेल

काठमाडौं। च्याम्पियन्स लिगको अन्तिम-१६ अन्तर्गत म्यानचेस्टर सिटीविरुद्धको खेलका लागि रियाल मड्रिडको टोलीमा ग्यारेथ बेल समावेश गरिएका छैनन्।

वेल्सका स्टार फरवार्ड बेल दोस्रो लेगका लागि इङ्ल्यान्ड जाने खेलाडीको सूचीमा नपरेका हुन्। तर, त्यो खेलमा प्रतिबन्धित कप्तान सर्जियो रामोस भने टोलीमा समेटिएका छन्।

त्यस्तै, हामेस रोडरिग्वेज र कोरोना भाइरसको संक्रमण देखिएका म्यारियानो डियाज पनि टोलीमा छैनन्। इङ्ल्यान्ड जाने टोलीमा इडेन हाजार्ड, लुका जोभिचलगायतका खेलाडी भने टोलीमा परेका छन्।

सान्टिएगो बेर्नाबेउमा भएको पहिलो लेगमा सिटीले २–१ को अग्रता बनाएको छ।

प्रतिक्रिया दिनुहोस्