फिफा-एएफसी र साफ रिजनका अध्यक्षबीच कोभिड-१९ र फुटबलबारे छलफल
काठमाडौं। विश्व फुटबलको सर्वोच्च निकाय फिफा अध्यक्ष जियोभानी इन्फ्यान्टिनो र एसियाली फुटबल महासंघका अध्यक्ष शेख सलमानले दक्षिण एसियाली सदस्यहरूसँग भुर्चुअल बैठक गरेका छन्।

बैठकमा दक्षिण एसियाली फुटबल संघहरूका अध्यक्षले साफ रिजनमा कोरोना भाइरसका कारण फुबटलको वर्तमान अवस्था तथा पुन: सुचारुको सम्भावनाबारे व्याख्या गरेका थिए।

फिफा तथा एएएफसी अध्यक्ष दुवैले स्वास्थ्य र सुरक्षा सबैभन्दा महत्त्वपूर्ण रहेको र सामान्य अवस्था नहुन्जेलसम्म फुटबलले विश्राम लिने बताए।

त्यस्तै, दक्षिण एसियाली राष्ट्रका अध्यक्षद्वयले साफले आयोजना गर्ने प्रतियोगिताहरूको प्रायोजनमा फिफाको उल्लेख्य सहभागिताका लागि आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्