उत्कृष्ट ३ नेत्रहीन महिला क्रिकेट खेलाडीलाई सम्मान गरिने
संघले 'ज्योती केसी नेत्रहीन महिला क्रिकेट खेलाडी प्रतिभा पुरष्कार'द्वारा पुरस्कृत गर्ने भएको हो। संघले आफ्नो स्थापना दिवसको अवसरमा बी३ समूहबाट- राष्ट्रिय कप्तान भगवती भट्टराई बराल, बी२ समूह बाट- मनकेशी चौधरी र बी१ समूहबाट - आशा रेगामीलाई सम्मान गर्ने भएको हो।
पुरस्कृत खेलाडीहरुले ५ हजार नगदसहित कदर पत्र तथा मयाको चिनो प्राप्त गर्नेछन्। कोरोना भाइरसका कारण कुनै कार्यक्रम गर्न सम्भव नभएकोले उनीहरूले पाउने नगद बैंक खातामा जम्मा गरिने छ भने कदर पत्र अवस्था सामान्य भएपछि प्रदान गरिने संघले बताएको छ।
भगवती भट्टराई विगत १४ वर्ष देखि नेत्रहीन क्रिकेटमा संलग्न छिन्। सन २०१४ मा बेलायत विरुद्धको सिरिजमा र सन् २०१९ मा पाकिस्तान विरुद्धको सिरिजमा कप्तानको भूमिका समेत निर्बाह गरी २ वटै खेलमा नेपाललाई जित दिलाउन सफल भएकी थिइन्।
मनकेशी चौधरीले आफ्नो उत्कृष्ट ब्याटिङ्ग क्षमताबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय कीर्तिमान बनाउन सफल भएकी थिइन्। त्यस्तै, बेलायत विरुद्धको सिरिजमा र सन् २०१९ मा पाकिस्तान विरुद्धको सिरिजमा ‘प्लेयर अफ द सिरिज’ समेत बनेकी थिइन्।
त्यस्तै, आशा रेगामीले पानि आफ्नो १४ वर्ष नेत्रहीन क्रिकेटमा योगदान दिएकी छिन्। रेगामी २०१९ मा सम्पन्न पाकिस्तान विरुद्धको सिरिजमा ‘प्लेयर अफ द सिरिज’ घोषित भएकी थिइन्। नेत्रहीन क्रिकेट संघले प्रत्येक श्रावन २२ गते आफ्नो स्थापना दिवस मनाउने गरेको छ।
प्रतिक्रिया दिनुहोस्