काठमाडौं। राष्ट्रिय फुटबल टीमका खेलाडीहरूको पीसीआर टेष्ट निर्धारित समयभन्दा केही समय ढिला हुने भएको छ।
यसअघि २३ साउनमा उनीहरूको कोभिड-१९ परीक्षण गर्ने भनिएको थियो।
फिफा विश्वकप २०२२ र एएफसी एशियन कप २०२३ को छनोट प्रतियोगिताका लागि एन्फाले खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न लागेको छ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को होस्टेल ललितपुर महानगरपालिकाले क्वारेन्टाइन बनाउन प्रयोग गरिरहेको थियो। एन्फा होस्टेलमा रहेको क्वारेन्टाइन खाली गर्न ढिलो भएपछि खेलाडीको पीसीआर टेष्ट गर्न पनि ढिलो हुने भएको हो।
“एन्फा होस्टेल हिजो (साउन २०) मात्र खाली भयो। यसअघि १४ गतेसम्म होस्टेल खाली गर्ने कुरा थियो। तर त्यसमा ढिला भयो,” राष्ट्रिय फुटबल टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले भने, “होस्टेल खाली गर्न ढिला भयो। अब त्यहाँ सरसफाइ तथा स्यानिटाइज गरेपछि मात्र खेलाडीलाई त्यहाँ राख्ने हो। त्यसकारण पीसीआर टेष्ट गर्न अली ढिला हुने भएको हो।”
एन्फाले १७ साउनबाट सबै खेलाडीलाई काठमाडौं बोलाएर सेल्फ क्वारेन्टाइनमा राखेको छ। त्यसमध्ये ११ खेलाडी तथा प्रशिक्षक र फिजियो त्रिपुरेश्वरस्थित युनाइटेड विजिनेस होटेललाई क्वारेन्टाइन बनाएर बसेका छन्।
त्यस्तै विभागीय टीमका खेलाडी व्यरेकभित्रै क्वारेन्टाइनमा बसेका छन्। बाँकी खेलाडी भने आ-आफ्नो घरमा सेल्फ क्वारेन्टाइनमा बसेको व्यवस्थापक उपाध्यायले बताए।
व्यवस्थापकले पीसीआर टेष्ट गर्नका लागि ढिलो भए पनि प्रशिक्षण शुरू हुने मितिमा कुनै परिवर्तन नहुने बताए। एन्फाले १ भदौबाट प्रशिक्षण गर्ने मिति तय गरेको थियो।
यसअघि एन्फाले १८ फागुनबाट राष्ट्रिय टीमको तयारी शुरू गरेको थियो। तर, कोभिड-१९ महामारीका कारण ४ चैतबाट एन्फाले सचिवालयसमेत बन्द रहने गरी सम्पूर्ण फुटबल गतिविधि बन्द गरेको थियो। त्यसयता नेपालमा फुटबल गतिविधि ठप्प छ।
५ जुनमा एशियाली फुटबल महासंघले छनोट प्रतियोगिताको नयाँ मिति तय गरेपछि एन्फालाई राष्ट्रिय टीमको प्रशिक्षण थाल्ने निर्णय गरेको हो।
गत २२ असारमा बसेको एन्फाको आपतकालीन कार्यसमितिको बैठकमा सम्बन्धित निकायबाट स्वीकृति लिई राष्ट्रिय टीमको प्रशिक्षण थाल्ने निर्णय गरेको थियो। सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर १ भदौबाट प्रशिक्षण शुरू गर्न लागिएको हो।
एएफसीले प्रस्ताव गरेको नयाँ तालिकाअनुसार नेपालले ८ अक्टोबरमा चाइनिज ताइपेई र १३ अक्टोबरमा अस्ट्रेलियाविरुद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ। त्यस्तै १२ नोभेम्बरमा जोर्डनविरुद्ध खेल्नेछ।
समूह ‘बी’ मा रहेको नेपाल तीन अंकका साथ चौथो स्थानमा छ। नेपालको समूहमा अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ। समान १० अंक जोडेको कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। कुनै अंक नजोडेको चाइनिज ताइपेई पाँचौ स्थानमा छ।
" /> काठमाडौं। राष्ट्रिय फुटबल टीमका खेलाडीहरूको पीसीआर टेष्ट निर्धारित समयभन्दा केही समय ढिला हुने भएको छ।यसअघि २३ साउनमा उनीहरूको कोभिड-१९ परीक्षण गर्ने भनिएको थियो।

">