काठमाडौं। इङ्ल्यान्डका फरवार्ड जोर्डन सान्चोले पाँच वर्षे सम्झौतामा सरुवाका लागि सहमति जनाएपछि म्यानचेस्टर युनाइटेड र बोरुसिया डर्टमण्ड पनि उनको सरुवा रकम निर्धारणको नजिक पुगेको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन्।
दी गार्जियनले जनाएअनुसार डर्टमण्डका स्टार सान्चोले ओल्ड ट्राफोर्ड सरुवाका लागि व्यक्तिगतरूपमा सहमति जनाएपछि दुई क्लबबीच सरुवा रकममा छलफल सुरु भएको हो।
सान्चोलाई अहिलेसम्मका सबभन्दा महँगा इङ्लिस खेलाडीको हैसियत दिने गरी सरुवा रकम तोक्ने विषयमा दुई क्लब सहमति नजिक पुगेको बताइएको छ।
समाचारहरूमा जनाइएअनुसार युनाइटेडले सान्चोका लागि १० करोड युरो तीन किस्तामा गरी बुझाउन सहमति जनाइसकेको छ। यसका साथै इङ्लिस टोलीले सान्चोको प्रदर्शनका आधारमा डर्टमण्डलाई थप दुई करोड युरो तिर्नु पर्न सक्नेछ।
डर्टमण्डले सान्चोको विकल्प भित्र्याउनका लागि अर्को सातासम्ममा यो सरुवा गराउन चाहेको छ। युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले पनि सान्चोलाई भित्रयाउन तीव्र इच्छा देखाएका कारण केही दिनभित्रैमा यो सरुवाले औपचारिकता पाउने अपेक्षा गरिएको छ।
" /> काठमाडौं। इङ्ल्यान्डका फरवार्ड जोर्डन सान्चोले पाँच वर्षे सम्झौतामा सरुवाका लागि सहमति जनाएपछि म्यानचेस्टर युनाइटेड र बोरुसिया डर्टमण्ड पनि उनको सरुवा रकम निर्धारणको नजिक पुगेको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन्।दी गार्जियनले जनाएअनुसार डर्टमण्डका स्टार सान्चोले ओल्ड ट्राफोर्ड सरुवाका लागि व्यक्तिगतरूपमा सहमति जनाएपछि दुई क्लबबीच सरुवा रकममा छलफल सुरु भएको हो।

">