क्यानले प्रदेश र जिल्ला दियो बजेट
काठमाडाैं। नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रदेश र जिल्ला सङ्घलाई बजेट उपलब्ध गराएको छ। क्यानले ६ प्रदेश तथा २९ जिल्लालाई रकम उपलब्ध गराएको हो।

हाल क्यानमा ३९ जिल्ला आबद्ध छन्। प्रत्येक प्रदेशलाई रु एक लाखका दरले बजेट उपलब्ध गराएको क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले जानकारी दिए। क्यानले २९ जिल्लालाई भने रु ५० हजारका दरले बजेट उपलब्ध गराएको छ।

“बाँकी १० जिल्लालाई पनि रकम उपलब्ध गराउँछौँ”, उनले भने। जिल्लास्तरमा क्रिकेटको विकासका लागि बजेट उपलब्ध गराइएको हो। यसअघि क्यानले जिल्लालाई प्रतियोगिता सञ्चालन गर्नका लागि रु १० हजार सहयोग गर्दै आएको थियो। क्यानले कार्यालय सञ्चालन तथा प्रतियोगिता आयोजना गर्न जिल्लालाई रु एक लाख तथा प्रदेशलाई रु तीन लाखका दरले बजेट उपलब्ध गराउने योजना बनाएको छ।

हाललाई मुलुकका सात प्रदेशमध्ये क्रिकेट संरचनाअन्तर्गत कर्णाली प्रदेशलाई प्रदेश नं ५ मै राखिएको छ। कर्णाली प्रदेशको सुर्खेत मात्र क्यानमा आबद्ध छ। क्यानले प्रदेश र जिल्लालाई गरी कूल रु २० लाख ५० हजार निकासा गरेको सिंहले बताए।

रासस

प्रतिक्रिया दिनुहोस्