फुटबल विश्वकप विजेता कासिलासले लिए खेल जीवनबाट सन्यास <p>काठमाडौं। गत वर्षको मे महिनामा हृदयघातको शिकार भएका स्पेन तथा रियाल मड्रिडका लिजेन्ड इकर कासिलासले खेल जीवनबाट सन्यास लिएका छन्।</p> <p>आफ्नो समयमा मड्रिड, पोर्टो र स्पेनका सफल खेलाडी ३९ वर्षीय कासिलासले सोही हृदयघात पश्चात खेलेका छैनन्। पोर्चुगलको पोर्टो क्लबका खेलाडी रहेका कासिलासलाई ट्रेनिङ गरिरहेका बेला मे १ मा हृदयघात भएको थियो।</p> <p>&ldquo;सबैभन्दा महत्त्वपूर्ण आफूले यात्रा गरेको मार्ग र आफूलाई त्यस मार्गमा निर्देशित गर्नेहरू हुन्, तर गन्तव्य होइन,&rdquo; दुई पटक युरो र एक पटकका विश्वकप विजेता कासिलासले भने, &ldquo;म कुनै अपठ्यारो नमानी भन्न सक्छु, मेरो काम र प्रयासले सपनाको मार्ग र गन्तव्य बन्यो।&rdquo;</p> <p>कासिलासले पोर्टोका लागि ४ सिजन पहिलो रोजाईको गोलकिपर भएर खेलेका थिए। तर, रियाल मड्रिड र स्पनेसँगको आफ्नो विगत झनै अविस्मरणीय बन्ने उनले बताएका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्