काठमाडौं। तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले काठमाडौं जिल्ला तेक्वान्दो संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन्।
अध्यक्ष प्रमोद पराजुलीले राजीनामा दिएपछि रिक्त पदमा मंगलबार बसेको कार्यसमिति बैठकले खड्कालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो।
पराजुली राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तर्गत भक्तपुर जिल्ला खेलकुद विकास समितिमा तेक्वान्दो सहायक प्रशिक्षकका रूपमा कार्यरत छन्।
राष्ट्रिय खेलकुद ऐन-२०७७ लागू भएपछि राखेपमा कार्यरत कर्मचारीले कुनै पनि खेलकुद संघमा बस्न नपाउने प्रावधान रहेका कारण पराजुलीले राजीनामा दिएका थिए।
नयाँ ऐनकै प्रावधानअनुसार कार्यसमितिका उपाध्यक्ष राजकुमार लामाले पनि पदबाट राजीनामा दिइसकेका छन्। उनी सिन्धुपाल्चोक जिल्ला खेलकुद विकास समितिमा तेक्वान्दो सहायक प्रशिक्षक हुन्।
उपाध्यक्षको पद भने पछि पदपूर्ति गरिने कार्यसमितिले जनाएको छ।
निवर्तमान अध्यक्ष पराजुलीले तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ, कार्यसमितिका पदाधिकारी र तेक्वान्दो डोजाङका प्रमुखलगायतको उपस्थितिमा भएको कार्यक्रममा खड्कालाई कार्यसमितिको निर्णय पुस्तिका हस्तान्तरण गरे।
" /> काठमाडौं। तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले काठमाडौं जिल्ला तेक्वान्दो संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन्।अध्यक्ष प्रमोद पराजुलीले राजीनामा दिएपछि रिक्त पदमा मंगलबार बसेको कार्यसमिति बैठकले खड्कालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो।

">