सागको तयारी बैठक : सार्क राष्ट्रका ओलम्पिक कमिटीका प्रतिनिधिहरु काठमाडौंमा भेला <p>काठमाडौं। १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको तयारीबारे छलफल गर्न सार्क राष्ट्रका ओलम्पिक कमिटीका प्रतिनिधिहरु काठमाडौंमा भेला भएका छन् । आजदेखि सुरु भएको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बोर्ड बैठकमा सागको तयारी नै मुख्य एजेण्डा रहेको छ ।<br /> &nbsp;<br /> तीन दिनसम्म चल्ने बैठकको उद्घाटन कार्यक्रममा खेलकुद मन्त्री जगत बहादुर सुनारले १३औं साग भव्यरुपमा सफल बनाउने दाबी गर्दै पाहुनाहरुको स्वागतमा आतुर रहेको बताए । उनले सागको तयारी अन्तिम चरणमा पुगेको र राम्रो रहेको भन्दै समयमै प्रतियोगिता आयोजना गरिने पनि दाबी गरे । यही १५-२४ मंसिरमा नेपालमा साग आयोजना हुँदैछ । &nbsp;&nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्