काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवालले आफूलाई नियुक्त गरिँदाको विश्वास टुट्न नदिने बताएका छन्।
सदस्यसचिवका रूपमा दोस्रो कार्यकालका लागि नियुक्त भएका सिलवाललाई बधाई तथा स्वागत गर्न नेपाल भलिबल संघले गरेको कार्यक्रममा उनले भने, “खेलकुद विकासका लागि जुन विश्वासका साथ मलाई नियुक्त गरिएको छ, त्यसमा इमान्दार भएर अगाडि बढ्नेछु।”
दोस्रोपटक पनि सदस्यसचिवका रूपमा नेपाली खेलकुदको नेतृत्व गर्ने जिम्मेवारी दिएकोमा नेपाल सरकार, युवा तथा खेलुकद मन्त्रालय तथा सदस्यसचिव सिफारिस समितिलाई धन्यवाद दिँदै उनले थपे, “उहाँहरूको विश्वास टुट्न दिने छैन।”
गत वर्ष असार २३ मा सदस्यसचिवका रूपमा पहिलोपटक नेपाली खेलकुदको नियुक्ति लिएका सिलवाल संसदबाट नयाँ खेलकुद ऐन पास भएपछि स्वतः पदमुक्त भएका थिए।
चार वर्षका लागि नियुक्ति लिए पनि नयाँ ऐन लागू भएपछि असार १८ बाट उनी पदमुक्त भएका थिए।
पहिलो कार्यकालमा तीनपटक मिति सरिसकेको दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण समयमै आयोजना गर्ने जिम्मेवारी नियुक्ति लिएको पाँच महिनामै सम्पन्न गरेपछि सिलवाललाई साउन १२ मा दोस्रो कार्यकालका लागि पनि सदस्यसचिवमा नियुक्त गरिएको थियो।
सदस्यसचिव सिलवालले राष्ट्रिय खेलको हैसियत भए पनि भलिबलको लागि छुट्टै कभर्डहल नहुनु दुःखद वास्तविकता भएको स्वीकार्दै बनाउन पहल सुरु गरिसकेको प्रष्ट्याए।
भलिबल संघलाई पनि कभर्डहल निर्माणका लागि गम्भीर भएर अगाडि बढ्न सुझाउदै अबको चार वर्षको अवधिमा खेलकुदलाई सम्मानयोग्य क्षेत्र बनाउन कुनै कसर बाँकी नराख्ने सदस्यसचिव सिलवालले प्रतिबद्धता जनाए।
सो अवसरमा सदस्य–सचिव सिलवालसहित राखेपका नवनियुक्त सदस्यद्वय रिमबहादुर रानाभाट र इन्दिरा निरौलालाई पनि नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जितेन्द्र चन्दलगायतका पदाधिकारीले स्वागत गरेका थिए।
" /> काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवालले आफूलाई नियुक्त गरिँदाको विश्वास टुट्न नदिने बताएका छन्।सदस्यसचिवका रूपमा दोस्रो कार्यकालका लागि नियुक्त भएका सिलवाललाई बधाई तथा स्वागत गर्न नेपाल भलिबल संघले गरेको कार्यक्रममा उनले भने, “खेलकुद विकासका लागि जुन विश्वासका साथ मलाई नियुक्त गरिएको छ, त्यसमा इमान्दार भएर अगाडि बढ्नेछु।”

">