काठमाडौं। रूसका अर्वपति रोमन एब्रामोभिचले २००३ मा चेल्सीको स्वामित्व लिए। त्यसपछि न हो, चेल्सीलाई उपाधि जित्ने बानी लागेको।
२००३ पछि ३१ जुलाई २०२० सम्म आइपुग्दा चेल्सी इङ्लिस फुटबलको सबभन्दा सफल क्लबमा दरिएको छ। चेल्सीले १५ मध्ये ११ वटा फाइनल जितेको छ।
चेल्सीको लोभलाग्दो सफलतामा डिडियर ड्रोग्बाको भुमिका महत्वपूर्ण भेटिन्छ। आइभोरी कोष्टका फरवार्ड ड्रोग्बाले दश वटा फाइनल खेलेका छन्। त्यसमध्ये आठ वटा फाइनल चेल्सीले जितेको छ। ड्रोग्बाले लगभग सबैमा गोल गरेका छन्।
ड्रोग्बाको गोल संख्या प्रतिद्वन्द्वी प्रतियोगिता नतिजा
१ लिभरपुल २००५ लिग कप थप समयमा चेल्सी ३–२ ले विजयी
२ आर्सनल २००७ लिग कप चेल्सी २–१
१ म्यानचेस्टर युनाइटेड २००७ एफए कप चेल्सी १–० विजयी
१ टोटेनह्याम २००८ लिग कप टोटेनह्याम २–१ विजयी
० म्यानचेस्टर युनाइटेड २००८ च्याम्पियन्स लिग पेनाल्टीमा युनाइटेड विजयी
१ एभर्टन २००९ एफए कप चेल्सी २–१ ले विजयी
१ पोर्टसमाउथ २०१० एफए कप चेल्सी १–० ले विजयी
१ लिभरपुल २०१२ एफए कप चेल्सी २–१ ले विजयी
१ बायर्न म्युनिख २०१२ च्याम्पियन्स लिग पेनाल्टीमा चेल्सी विजयी
० टोटेनह्याम २०१५ लिग कप चेल्सी २–० ले विजयी
कपको फाइनलमा ड्रोग्बाको भन्दा लियोनल मेसी र रोबर्ट लेवान्डोवस्कीको मात्र राम्रो नतिजा छ। ड्रोग्बा भन्दा मेसी र लेवान्डोवस्की दुवैको कप फाइनलमा प्रति खेल गोल संख्या राम्रो छ। तर, क्रिष्टियानो रोनाल्डोको भन्दा ड्रोग्बाको राम्रो छ।
कसको गोल औसत कति
खेलाडी गोल औसत प्रति खेल
रोबर्ट लेवान्डोवस्की १.१६
लियोनल मेसी १
डिडियर ड्रोग्बा ०.९
क्रिष्टियानो रोनाल्डो ०.७८
ड्रोग्बाको प्रदर्शन मेसीको हाराहारीमा छ। तर अन्य तीनको तुलनामा ड्रोग्बाको स्थिति अलि फरक छ। ड्रोग्बा लिग कपको फाइनलका तीन संस्करणमा गोल गर्ने एक्लो खेलाडी हुन्। त्यस्तै एफए कप फाइनलका चार संस्करणमा गोल गर्ने पनि ड्रोग्बा एक्लो खेलाडी हुन्। एकै वर्षमा दुई कपको फाइनलमा गोल गर्ने पनि उनी नै एक्लो खेलाडी हुन्।
वान-म्यान अट्याक
ड्रोग्बा पूर्व क्लब चेल्सीमा ‘वान म्यान अट्याक’ रूपमा हुन्थे। उनकै प्रदर्शनमा चेल्सीले ठूला प्रतियोगिताको फाइनलमा स्थान बनाउने गर्थ्यो। कठिन प्रतिद्वन्द्वीविरुद्ध उनी हाबी हुने गर्थे। ड्रोग्बाकै प्रेरणामा चेल्सीले २०१२ को च्याम्पियन्स लिग उपाधि जितेको थियो।
फाइनलमा चेल्सीले बायर्न म्युनिखलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गरेको थियो। निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। ड्रोग्बाले ८८ औं मिनेटमा गोल गरेका थिए। पेनाल्टी सुटआउटमा पनि ड्रोग्बाले निर्णायक पेनाल्टी प्रहार गरेका थिए।
त्यसअघि समूह चरणको अन्तिम खेलमा भ्यालेन्सियाविरुद्ध पनि ड्रोग्बाले दुई गोल गरेका थिए। नकआउट चरणमा स्थान बनाउन चेल्सीलाई त्यो खेल जित्नै पर्ने दबाब थियो। अन्तिम १६ को दोस्रो लेगमा चेल्सीले ४-१ ले पुनरागमन गर्दा पनि ड्रोग्बाले गोल गरेका थिए। ड्रोग्बाले सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाविरुद्ध १-० को नतिजा निकाल्दा पनि गोल गरेका थिए।
बायर्नविरुद्धको फाइनलमा एक शुन्यले पछि परेको स्थितिमा ड्रोग्बाले बराबरी गोल फर्काएका थिए। उक्त फाइनल चेल्सीले पेनाल्टी सुटआउटमा जितेको थियो।
(स्क्रोल डट इनबाट अनुवादित)
" />

">
‘किङ अफ फाइनल्स- डिडियर ड्रोग्बा’: Dekhapadhi
चेल्सीको लोभलाग्दो सफलतामा डिडियर ड्रोग्बाको भूमिका महत्वपूर्ण
कपको फाइनलमा ड्रोग्बाको भन्दा लियोनल मेसी र रोबर्ट लेवान्डोवस्कीको मात्र राम्रो नतिजा
ड्रोग्बाकै प्रेरणामा चेल्सी २०१२ को च्याम्पियन्स लिग उपाधि जित्न सफल