काठमाडौं। आज राति एफए कपको फाइनलमा चेल्सी र आर्सनल भिड्दै छन्। र, यो वर्षको एफए कप एक लन्डन क्लबले जित्ने निश्चित छ। आर्सनलले साविक विजेता म्यानचेस्टर सिटीलाई सेमिफाइनलमा २-० ले पराजित गर्दै फाइनलमा यात्रा तय गरेको थियो।
त्यस्तै, चेल्सीले सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडलाई ३-१ गोलको नतिजामा पराजित गर्दै फाइनलमा पुगेको हो। चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्ड र आर्सनलका प्रशिक्षक माइकल अर्टेटा दुवै जना यिनै क्लबका पूर्व खेलाडी हुन्। र, दुवैले पूर्वक्लब सम्हालेको पहिलो सिजन पनि हो। यसै कारण यी दुवै प्रशिक्षक पहिलो सिजन नै उपाधि जित्न चाहन्छन्।
सरुवा बजारमा प्रतिबन्ध भोगेर स्टार खेलाडी इडेन हाजार्डलाई गुमाएको चेल्सीको यो सिजनको प्रमुख लक्ष्य प्रिमियर लिगको शीर्ष चारमा पर्नु थियो। यदि एफए कपको उपाधि जित्यो भने चेल्सी र प्रशिक्षक लाम्पार्डका लागि थप खुशीको कुरा हुनेछ।
त्यस्तै, अर्टेटाका लागि आफ्नो प्रशिक्षणमा रहेको कमजोरी सुधार्न आजको खेल जित्नै पर्ने बाध्यता छ। पछिल्लो २५ वर्षकै खराब प्रदर्शन गरेको आर्सनल यसवर्ष लिगको १३औं स्थानमा रहेर सिजन टुङ्ग्यायो।
मिति, समय र रंगशाला
एफए कपको फाइनल नेपाली समयअनुसार राति सवा दश बजे शुरू हुनेछ। कोरोना भाइरसको महामारीका कारण बिनादर्शक इङ्ल्यान्डको वेम्ब्ली रंगशालामा दुई क्लब उपाधिका लागि भिड्ने छन्। आजको फाइनल जित्दै आर्सनल कीर्तिमानी १४औं पटक एफए कपको उपाधि उचाल्न चाहन्छ। त्यस्तै चेल्सी नवौँ पटक उपाधि उचाल्ने दाउमा छ।
टीम न्यूज
आर्सनलको अनुमानित शुरूआती ११ : मार्टिनेज, होल्डिङ, लुइज, टिर्ने, बेलेरिन, सेबायोस, ज्याका, मिटल्यान्ड लाइल्स, पेपे, लाकाजेटी, अबामियाङ ।

चेल्सीको अनुमानित शुरूआती ११ : काबालेरो, एज्पिलिक्युएटा, जुमा, रुडिगर, जेम्स, जर्जिन्हो, कोभासिच, एलोन्सो, पुलिसिक, जिरुड, माउन्ट।

अनुमानित नतिजा : आर्सनल १–२ चेल्सी
दुवै टोलीलाई सम्मान गर्दै सिजनको प्रदर्शनका आधारमा यो भन्न सकिन्छ कि, चेल्सीले जित्ने सम्भावना बढि छ। तर, आर्सनलको तत्कालीन लय हेर्दा लिभरपुल, र म्यानचेस्टर सिटी जस्ता ‘हेभिवेट’लाई पराजित गरेको छ। र, चेल्सीलाई पराजित गरेर एफए कपको उपाधि उचाल्न सक्ने क्षमता राख्छ।
तर, आजको फाइनलका लागि चेल्सीले कसरी रणनीति बनाउँछ भन्ने कुरामा पनि निहीत हुनेछ। यदि धेरै बल पोसेसन राखेर खेलमा प्रभुत्व देखाउन खोजे चेल्सीको हालत पनि सिटी र लिभरपुल जस्तै हुने सम्भावना देखिन्छ। त्यसैले लाम्पार्डले यसका लागि सोचेर रणनीति बनाउनु आवश्यक छ।
यदि लाम्पार्डले पछाडी बसेर आर्सनललाई अगाडी आउन बाध्य बनाउन चाहे अर्टेटाको खेलाउने शैलीको ठीक विपरित हुनेछ। किनकी, अर्टेटा पछाडी बसेर काउन्टर अट्याकमा गोल गर्न चाहन्छन्।
‘हेड टू हेड’
आर्सनलले हालसम्म चेल्सीविरुद्धका ७६ खेल जितको छ। त्यस्तै, चेल्सीले ६५ खेल जितेको छ भने ५९ खेल बराबरीमा टुङ्गिएका छन्। त्यस्तै, एफए कपमा आर्सनलले ९ खेल जितेको छ भने चेल्सीले ५ खेल जितेको छ। बाँकी ६ खेल बराबरीमा टुङ्गिएका छन्।

यसअघि २०१७ को फाइनलमा यिनै दुई टोली भिड्दा आर्सनलले २-१ गोलको जितसहित उपाधि आफ्नो पक्षमा पारेको थियो।
आर्सनलका लागि अलेक्सिस सान्चेज र एरोन रामसेले गोल गरेका थिए भने चेल्सीका डिएगो कोस्टाले १ गागेल फर्काएका थिए।
" /> काठमाडौं। आज राति एफए कपको फाइनलमा चेल्सी र आर्सनल भिड्दै छन्। र, यो वर्षको एफए कप एक लन्डन क्लबले जित्ने निश्चित छ। आर्सनलले साविक विजेता म्यानचेस्टर सिटीलाई सेमिफाइनलमा २-० ले पराजित गर्दै फाइनलमा यात्रा तय गरेको थियो।त्यस्तै, चेल्सीले सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडलाई ३-१ गोलको नतिजामा पराजित गर्दै फाइनलमा पुगेको हो। चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्ड र आर्सनलका प्रशिक्षक माइकल अर्टेटा दुवै जना यिनै क्लबका पूर्व खेलाडी हुन्। र, दुवैले पूर्वक्लब सम्हालेको पहिलो सिजन पनि हो। यसै कारण यी दुवै प्रशिक्षक पहिलो सिजन नै उपाधि जित्न चाहन्छन्।

">