१२ अंक घटाए पनि सेफिल्ड वेइन्स्डे घटुवा नहुने

काठमाडौं। इङ्ल्यान्डको च्याम्पियनसिप क्लब सेफिल्ड वेइन्स्डेले आर्थिक अनियमितता गरेको पाइएसँगै घटाइने भनिएको १२ अंक को जरिवाना आगामी सिजनको सुरुआतदेखि लागू हुने भएको छ। मालिक जेफोन चान्सिरीले ६० मिलियन पाउन्डमा २०१९ जुनमा हिल्सोबरग रंगशाला किनेका थिए।

तर, त्यो आर्थिक कारोबार अघिल्लो वर्षको खातामा राखिएको पाइएपछि इङ्लिस फुटबल लिग (इएफएल) ले क्लबमाथि कारबाही गर्ने बताएको थियो।

२०१९/२० सिजनको समाप्तिमा सेफिल्ड ४६ खेलबाट ५६ अंकसहित १६औं स्थानमा छ। र, लिग तालिकाको पुछारमा रहेको हल सिटीको ४५ अंक छ। सेफिल्डको जम्मा अंकबाट १२ अंक घटाइयो भने क्लब अर्को सिजन तेस्रो डिभिजनमा घटुवा हुने सम्भावना रहेको थियो। तर, इएफएलले यसमाथि गरेको निर्णयसँगै सेफिल्डले अर्को सिजन १२ अंक घटिबाट सिजन सुरु गर्नेछ।

इएफएलले सेफिल्डमाथि गत नोभेम्बरमा मुद्दा चलाएको थियो। अहिले आएर क्लबले आर्थिक हिनामिना गरेको पाइएसँगै इएफएलले ठूलो कारबाही अगाडी बडाएको हो।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्