काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले भदौ १ गतेबाट राष्ट्रिय फुटबल टीमको प्रशिक्षण सुरू गर्ने भएको छ।
त्यसका लागि शनिबारबाट खेलाडीलाई १४ दिनको क्वारेन्टिनमा राखिने भएको छ।
राष्ट्रिय पुरुष टीमका व्यवस्थापक मधुसुधन उपाध्यायले शुक्रबार साझसम्म सबै खेलाडी काठमाडौं आइपुग्ने र शनिबारबाट दुई साता क्वारेन्टिनमा राख्ने बताए।
“उपत्यकाबाहिर भएका सबै खेलाडी हिडिसकेका छन्। उनीहरू शनिबार साँझसम्म आइपुग्छन्,” व्यवस्थापक उपाध्यायले भने, “हामीले एन्फमा क्वारेन्टिनको लागि सबै व्यवस्था गरिसकेका छौं। १४ दिन क्वारेन्टिनमा बसेपछि सबै खेलाडीको कोरोना परिक्षण हुन्छ। नेगेटिभ नतिजा आउने खेलाडीहरूले प्रशिक्षण गर्छन्। पोजेटिभ आउनेको उपचार हुन्छ।”
कोभिड-१९ महामारीका कारण चैत ४ गतेबाट एन्फाले सचिवालयसमेत बन्द रहने गरी सम्पूर्ण फुटबल गतिविधि बन्द गरेको थियो। त्यसयता सम्पूर्ण फुटबल गतिविधि स्थगित छ।
तर जुन ५ मा एशियाली फुटबल महासंघले कतारमा हुने फिफा विश्वकप २०२२ तथा चीनमा हुने एसियन कप २०२३ को छनोट खेलका लागि नयाँ मिति तय गरेपछि एन्फालाई राष्ट्रिय टीमको प्रशिक्षण थाल्न दबाब परेको थियो।
त्यसकारण एन्फाले गत असार २ गते बसेको आपतकालीन कार्यसमितिको बैठकमा सम्बन्धित निकायबाट स्वीकृति लिई राष्ट्रिय टीमको प्रशिक्षण थाल्ने निर्णय गरेको थियो।
एएफसीले प्रस्ताव गरेको नयाँ तालिकाअनुसार नेपालले अक्टोबर ८ मा चाइनिज ताइपेई र अक्टोबर १३ मा अस्ट्रेलियाविरुद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ। त्यस्तै नोभेम्बर १२ मा नेपालले जोर्डनविरुद्ध खेल्नेछ।
समूह ‘बी’ मा रहेको नेपाल तीन अंकका साथ चौथो स्थानमा छ। नेपालको समूहमा अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ।
समान १० अंक जोडेको कुवेत र जोर्डन क्रमशः दोस्र्रो र तेस्रो स्थानमा छन्। कुनै अंक नजोडेको चाइनिज ताइपेई पाँचौं स्थानमा छ।
एन्फाले लकडाउन अघि ३१ जनालाई बन्द प्रशिक्षणमा बोलाएको थियो। अहिले रोहित चन्द, किरण चेमजोङ र अभिसेक रिजाल पनि नेपालमा भएका कारण ३४ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो।
सन्तोष साहुखल टीममा छैनन्। उनी जापानमा भएका कारण अहिले टीममा ३४ खेलाडीमात्र भएको व्यवस्थपक उपाध्यायले बताए।
त्यस्तै गोलकिपर एलेन न्यौपाने पनि अष्ट्रेलिया गएका कारण उनको स्थानमा दीप कार्कीलाई टीममा समेटिएको उपाध्यायले बताए।
राष्ट्रिय टीममा बोलाइएका खेलाडी
गोलकिपर- किरण चेमजोङ, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की,
रक्षक- रजिन धिमाल, सुमन अर्याल, अमित तामाङ, सरोज दहाल, अजित भण्डारी, छिरिङ गुरूङ, विकास खवास, अनन्त तामाङ, देवेन्द्र तामाङ, दिलेन लोक्तान
मिडफिल्ड- विशाल राई ‘बी’, सेसेहाङ आङदेम्बे, तेज तामाङ, विक्रम लामा, सुवास गुरूङ, मिक्चेन तामाङ, पुजन उपरकोटी, एरिक विष्ट, सुजल श्रेष्ठ, रवी पासवान, सुनिल बल, अञ्जन विष्ट, , रोहित चन्द
फरवार्ड- जर्ज प्रिन्स कार्की, दर्शन गुरूङ, भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा, विमल राना र अभिसेक रिजाल
" /> काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले भदौ १ गतेबाट राष्ट्रिय फुटबल टीमको प्रशिक्षण सुरू गर्ने भएको छ।त्यसका लागि शनिबारबाट खेलाडीलाई १४ दिनको क्वारेन्टिनमा राखिने भएको छ।

">