कतारले ओलम्पिक आयोजनाका लागि पहल गर्ने
<p>काठमाडौं। फिफा विश्वकप फुटबल प्रतियोगिता गर्ने तयारीमा रहेको कतारले ओलम्पिक आयोजना गर्नका लागि पहल गर्ने भएको छ।</p>
<p>त्यहाँको क्याबिनेटले ओलम्पिक र पाराओलम्पिक गेम्स आयोजना गर्नका लागि कतार ओलम्पिक कमिटीलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँग निरन्तर वार्ता गर्न सुझाव दिएको छ। </p>
<p>क्याबिनेटले मध्यपूर्वी एसियामा पहिलो पटक ओलम्पिक र पाराओलम्पिक आयोजना गर्न कतार सक्षम रहेको जनाएको छ। विशिष्ठ संगठनात्मक अनुभव, एकिकृत भौतिक संरचना, आधुनिक खेलकुद सुविधा, विकासको व्यापक पूर्नजागरण, विश्‍व खेलकुदको प्रतिष्ठित गन्तव्यका कारण फिफा विश्‍वकप-२०२२ को आयोजना गर्ने अवसर पाएको कतारको बुझाई छ।</p>
<p>थुप्रै क्षेत्रिय, अन्तरमहादेशीय तथा अन्तर्राष्ट्रिय प्रतियोागिता आयोजना गरेको अनुभवका कारण ओलम्पिक पनि आयोजना गर्न सक्ने कतारले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
