काठमाडौं। ज्लाटन इब्राहिमोभिचले दुई गोल गरेका दिन एसी मिलानले इटालियन सिरी ‘ए’ मा गएराति साम्पडोरियालाई ४–१ ले पराजित गरेको छ। पछिल्लो तीन खेलमा ३८ वर्षे इब्राहिमोभिचले गोल गरेको यो दोस्रो पटक हो। इब्राहिमोभिचले चौंथो र ५८औं मिनेटमा गोल गरेका थिए।
उनीबाहेक मिलानका लागि हकन कलहानोग्लु र राफेल लियोले गोल गरेका थिए। साम्पडोरियाका लागि शान्त्वना गोल क्रिष्टोफर अस्किलडेसनले गोल गरेका थिए। जितसँगै मिलान ६३ अंकका साथ छैटौं स्थानमा छ। साम्पडोरिया भने ४१ अंकका साथ १५औं स्थानमा छ।

लेसेको रेलिगेशनबाट बच्ने आश
गएराति नै सम्पन्न अर्को खेलमा लेसेले युडिनेसलाई २–१ ले पराजित गर्यो। जितसँगै लेसेको ३५ अंक भएको छ। लेसे अझै पनि रेलिगेशन क्षेत्रमै छ। जुन रेलिगेशनभन्दा एक स्थान माथि रहेको जेनोवाभन्दा एक अंकले मात्र तल हो। लिगको अन्तिम खेलमा लेसेले पर्मासँग प्रतिस्पर्धा गर्नेछ भने जेनोआले हेलास भेरोनाविरुद्ध खेल्नेछ।
इटालियन सिरी ‘ए’ मा पाँचौ स्थानको एएस रोमाले १६औं स्थानको टोरिनोलाई ३–२ ले पराजित गर्यो। फेडरिको चिसाले ह्याट्रिक गरेको दिन दशौं स्थानको फियोरेन्टिनाले १२औं स्थानको बोलोग्नालाई ४–० ले हरायो। आठौं स्थानको सासउलोले १७औं स्थानको जेनोवालाई ५–० ले पराजित गर्यो। लिग विजेता युभेन्टस भने १३औं स्थानको काग्लियरीसँग २–० ले पराजित भयो।
" /> काठमाडौं। ज्लाटन इब्राहिमोभिचले दुई गोल गरेका दिन एसी मिलानले इटालियन सिरी ‘ए’ मा गएराति साम्पडोरियालाई ४–१ ले पराजित गरेको छ। पछिल्लो तीन खेलमा ३८ वर्षे इब्राहिमोभिचले गोल गरेको यो दोस्रो पटक हो। इब्राहिमोभिचले चौंथो र ५८औं मिनेटमा गोल गरेका थिए।उनीबाहेक मिलानका लागि हकन कलहानोग्लु र राफेल लियोले गोल गरेका थिए। साम्पडोरियाका लागि शान्त्वना गोल क्रिष्टोफर अस्किलडेसनले गोल गरेका थिए। जितसँगै मिलान ६३ अंकका साथ छैटौं स्थानमा छ। साम्पडोरिया भने ४१ अंकका साथ १५औं स्थानमा छ।

">