अभिषेकलाई भिजनको साथ
काठमाडौं। राष्ट्रिय फुटबल टिमका सदस्य अभिषेक रिजाललाई भिजन कन्सर्न प्रा. लिले प्रायोजन गरेको छ। बुधबार एक कार्यक्रमका बीच भिजन कन्सर्नले युवा खेलाडी अभिषेकलाई एक बर्षको लागि सम्झौता गरेको हो।

लाजिम्पाट र बौद्धमा रहेको भिजन कन्सर्नले आखाँ परीक्षण गर्नुका साथै चस्मा विक्री गर्दै आएको छ। सम्झौता पत्रमा अभिषेक र भिजन कन्सर्नका सञ्चालक कृष्ण पोखरेलले हस्ताक्षर गरे। सम्झौता अनुसार भिजन कन्सर्नले एक बर्षका लागि अभिषेकको आँखा निशुल्क परीक्षण गर्नेछ। त्यस्तै आँखा स्वस्थ राख्न आवश्यक विभिन्न सामग्री पनि उपलब्ध गराउने छ। प्रायोजनबापतको रकम भने खुलाइएको छैन।

लिग च्याम्पियन मछिन्द्र क्लबमा आबद्ध अभिषेकले भिजन कन्सर्नसँग जोडिँदा खुसी लागेको र आफूलाई यसले झनै प्रोत्साहन गर्ने बताए। ‘‘चस्मा सम्बन्धित कम्पनीसँग जोडिन पाँउदा निकै खुसी छु। यसले आगामी दिनमा झनै प्रोत्साहन गर्नेछ,’’ एन्फा एकेडेमीबाट उत्पादित अभिषेकले भने।

सम्झौता लगत्तै भिजन कन्सर्नले अभिषेकको आँखा जाँच गरेको थियो।

अभिषेकले गतसाल मलेसिया भ्रमणमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए। दोस्रो खेलमै चाईनिज ताईपेविरुद्ध गोल गर्दै रिजालले राष्ट्रिय टिममा आफूलाई स्थापित गरेका छन्।

अभिषेक एसियाली फुटबल महासंघ (एएफसी)ले आयोजना गर्ने क्लब स्तरीय एएफसी कपमा गोल गर्ने पहिलो नेपाली खेलाडी समेत हुन्। उनले कीर्तिमानी आठौं पटक लिग च्याम्पियन मनाङ मर्स्याङ्दीबाट भारतको मिनेर्वा पञ्जाव (हाल पञ्जाब एफसी) विरुद्ध गोल गरेका थिए।

भिजन कन्सर्नका सञ्चालक कृष्ण पोखरेलले राष्ट्रिय खेलाडी अभिषेकसँग जोडिन पाउँदा आफूहरुले गौरव महशुस गरेको बताए।

प्रतिक्रिया दिनुहोस्