फस्ट क्लास क्रिकेट: तेस्राे दिनकाे खेल शुरू

काठमाडौं। तीनदिवसीय फस्ट क्लास क्रिकेटअन्तर्गत तेस्राे तथा अन्तिम दिनकाे खेल शुरू भएकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भ्रमणकारी टाेली मेरिलेबाेन क्रिकेट क्लब (एमसीसी) ले आज आफ्नो इनिङ्स अगाडि बढाएकाे छ।

दाेस्राे दिनकाे समाप्तीमा एमसीसीले ३०३ रनकाे विशाल अग्रता बनाएकाे छ।

पहिलाे इनिङ्समा २११ रनकाे अग्रता बनाएकाे एमसीसीले नेपाललाई फलाे अन नदिई दाेस्राे दिन दाेस्राे इनिङ्स शुरु गरेकाे हो।

जसमा एमसीसीले २१ ओभर खेल्दै २ विकेट गुमाएर ९१ रन जाेडेकाे हाे।

प्रतिक्रिया दिनुहोस्