काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवालले बुधबार शपथ ग्रहणपछि खेलकुदलाई हरेक नेपालीको जीवनको अङ्ग बनाउने कोसिस गर्ने बताएका छन्।
“खेलकुद जगतलाई सारा नेपालीले हेर्ने, देख्ने सुन्ने र आकर्षित हुने थलोका रूपमा अगाडि बढाउनेछु,” सदस्यसचिव सिलवालले भने, “र, खेलकुद खेलको रूपमा मात्र सीमित नगरी जीवनको एक अङ्ग बनाउने कोसिस गर्नेछु।”
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई सदस्यसचिव र शिव कोइरालालाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो। यसअघि गत असार १८ गतेदेखि नयाँ खेलकुद विकास ऐन,२०७७ लागू भएपछि सिलवाल पदमुक्त भएका थिए।
थप चार वर्ष नेपाली खेलकुदको बागडोर सम्हाल्ने अवसर दिएकोमा उनले सरकारलाई धन्यवाद दिए।
“खेलकुदमा एक वर्ष धेरै ठूलो समय नभए पनि मैले त्यति सममा धेरै कुरा बुझ्ने अवसर पाएँ। र, अबको चार वर्षे कार्यकालमा बाँकी अधुरा कामहरूलाई पूर्णता दिनेछु,” उनले भने, “खेलकुदको माहोल बनाउन र यो क्षेत्रलाई प्राथमिकता प्राप्त क्षेत्र बनाउन मेरो सरकारी तथा गैरसरकारी क्षेत्रबाट पहल र प्रयास रहने छ।”
खेलकुद क्षेत्रमा सुशासन कायम गर्ने र पारदर्शी रूपमा परिषद्को गतिविधिलाई अगाडि बढाउने सिलवालको प्रतिबद्धता छ।
" /> काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवालले बुधबार शपथ ग्रहणपछि खेलकुदलाई हरेक नेपालीको जीवनको अङ्ग बनाउने कोसिस गर्ने बताएका छन्।“खेलकुद जगतलाई सारा नेपालीले हेर्ने, देख्ने सुन्ने र आकर्षित हुने थलोका रूपमा अगाडि बढाउनेछु,” सदस्यसचिव सिलवालले भने, “र, खेलकुद खेलको रूपमा मात्र सीमित नगरी जीवनको एक अङ्ग बनाउने कोसिस गर्नेछु।”

">