रियाल मड्रिडका फरवार्ड डियाजलाई कोरोना संक्रमण
काठमाडाैं। ला लिगा च्याम्पियन रियाल मड्रिडका फरवार्ड मारियानो डियाजलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
च्याम्पियन्स लिगको अन्तिम-१६ को दोस्रो लेगमा १० दिनपछि म्यानचेस्टर सिटीको सामना गर्ने तयारीमा रहेको रियालका फरवार्डलाई कोरोना लागेको मंगलबार क्लबले पुष्टि गरेको हो।
२६ वर्षीय डियाजलाई संक्रमण देखिए पनि उनको स्वास्थ्य अवस्था एकदमै ठीक रहेको क्लबद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
क्लबले ला लिगा सिजनको समाप्तीपछि केही दिनको विश्राम लिएर मंगलबारदेखि नै अभ्यास सुरु गरेको छ।
प्रतिक्रिया दिनुहोस्