लालाना ब्राइटन एण्ड होभमा
काठमाडौं। प्रिमियर लिग च्याम्पियन लिभरपुल छोडेपछि एडम लालानाले तीन वर्षका लागि लिगकै प्रतिद्वन्द्वी ब्राइटन एण्ड होभसँग सम्झौता गरेका छन्।

इङल्यान्डका पूर्व अन्तर्राष्ट्रिय खेलाडी लालानालाई बितेको सिजन लिभरपुलमा किनारा लगाइएको थियो। आइतबार सिजन सकिएसँगै लिभरपुलसँगको उनको सम्झौता पनि सकिएको थियो।

३२ वर्षे लालाना केही समयअघि देखि नै ब्राइटन सरुवाका लागि सहमत भइसकेको चर्चा थियो। सोमबार साँझ ब्राइटनले उनीसँग सम्झौता भएको पुष्टि गरेको थियो।

“एडमको क्षमतामा कुनै प्रश्न छैन। उनले सबैखालको उच्चस्तरीय फुटबलको अनुभव लिइसकेका छन्। क्लब र देशका लागि उच्च स्तरमा खेल्दा उनले आफूलाई प्रमाणित गरिसकेका छन्,” ब्राइटनका मुख्य प्रशिक्षक ग्राहम पटरले भने, “उनको आगमनले हाम्रो टिमलाई प्राविधिक र परिपक्वता दुवै हिसावले फाइदा पुग्नेछ।”

२०१४ मा साउथह्याम्पटनबाट लिभरपुल सरुवा भएका लालानाले इङल्यान्डका लागि ३४ पटक अन्तर्राष्ट्रिय खेल खेलेका छन्। पछिल्लो सिजन खासै मौका नपाए पनि क्लोपका सुरुआति दिनमा लालाना लिभरपुलका मुख्य खेलाडी थिए।

लिभरपुलले पछिल्लो १४ महिनाको बीचमा च्याम्पियन्स लिग, युइएफए सुपर कप, क्लब विश्वकप र प्रिमियर लिगको उपाधि जिते पनि लालानाले भने चोटका कारण टिममा खासै योगदान गर्न सकेका थिएनन्।

२०१७-१८ सिजनको सुरुआतमा तिघ्रामा चोट लागेयता लालानाले लिभरपुलबाट खासै मौका पाउन छोडेका थिए। पछिल्ला तीन सिजनमा उनले लिगका ९ खेलमा मात्र पहिलो रोजाइबाट खेल्ने मौका पाएका थिए।

प्रिमियर लिगमा बढुवा भएपछिको तेस्रो सिजन ब्राइटनले १५औं स्थानमा रहेर टुङ्ग्याएको थियो। टोली रेलिगेसन क्षेत्रभन्दा सात अंकले माथि थियो।

प्रतिक्रिया दिनुहोस्